गान्तोक: अड-इभन प्रतिबन्ध गान्तोक नगर निगम क्षेत्रमा निजी वाहनहरूको चलाचलमा लगाइएको हटाइएको छ। सिक्किम सरकारका मुख्य सचिव बीवी पाठकद्वारा आज जारी गरिएको एउटा अधिसूचनामा यो जानकारीको उल्लेख गरिएको छ। अधिसूचना अनुसार, गान्तोक नगर निगम क्षेत्रमा निजी वाहनहरूको चलाचललाई लिएर ०२ जून, २०२२ मा लागू गरिएको अड-इभन प्रतिबन्ध मोटर वाहन अधिनियम, १९८८ को धारा ११५ अन्तर्गत तत्काल प्रभावका साथ हटाइएको छ। उल्लेखनीय छ, ०६ जून, २०२२ देखि निजी वाहनहरूको निम्ति अड-इभन प्रतिबन्ध लागू गरिएको थियो। गान्तोक नगर निगम क्षेत्रमा राम्रो ट्राफिक व्यवस्थापन सुनिश्चित गर्न उक्त निर्णय लिइएको थियो। शनिवार आइतवार र सरकारी छुट्टीहरूमा भने उक्त नियमबाट छुट दिइएको थियो।