सदभावना कप फुटबल टुर्नामेन्टको पहिलो चरणको खेल सम्पन्न

IMG_20230103_212911.jpg

युनाइटेड सिगंबुली गेम्स एन्ड स्पोर्ट्सको आयोजनामा सम्पन्न भइरहेको सदभावना कप फुटबल टुर्नामेन्टको पहिलो चरणको प्रथम म्याच सिलगढी एफ सी बनाम धजे एफ सी माझ समपन्न भयो। यस खेलमा धजे एफ सी लाई शुन्यको विरुद्ध तीन गोल गरेर सिलगढी एफ सी दोस्रो चरणमा पुग्न सफल भएको छ। आजको दोस्रो म्याच खोपरेल एफ सी बनाम सिङ्बुली युनाइटेड माझ भएको थियो।यस खेलमा दुइ/दुइ गोलको बराबरी भए पश्चात ट्राइ ब्रेकरमा र पाँच – पाँच पेनाल्टीमा पनि ३-३ गोल बराबरी भए पश्चात सडन डेथ मार्फत खोपरेल एफ सी बिजय भएको छ। बिहीबारदेखि दोस्रो चरणको प्रथम म्याच मिरिक लेकर्स बनाम फुगडी ७ र अर्को खेल दिपेन ७ मुर्म बनाम एनकेएसजि नयाँ कमान माझमा सम्पन्न हुनेछ। आजको पहिलो चरणको अन्तिम खेलमा अतिथिको रुपमा प्रनय खवास सुर् बहादुर खवास र निरज खाम्बेन आदिको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement