रोमाञ्चक जीतको साथ युनाइटेड दार्जीलिङ सेमिफाइनलमा

IMG_20230103_211909.jpg

मधुर मिलन संघ, मिलनमोड़को तत्त्वावधानमा आयोजित नवौं मिलनमोड़ गोल्ड कप फूटबल टुर्नामेण्टमा युनाइटेड दार्जीलिङले रोमाञ्चक जीतको साथ सेमिफाइनलमा स्थान बनायो। मंगलवार मिलनमोड़ खेल मैदानमा भएको तेस्रो क्वार्टर फाइनल म्याचमा युनाइटेड दार्जीलिङले एमएमएफसी निरपानीलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट रुपमान राई र हेमन्त टोप्पोले गोल गरे। युनाइटेड दार्जीलिङका इसाक लेप्चालाई प्लेयर अव् द म्याच चयन गरियो। अब बुधवार खेलिने चौथो क्वार्टर फाइनल म्याचमा आमुक्त परिवार र युनाइटेड खरसाङ फूटबल क्लबबीच भिड़न्त हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल ५ र ६ जनवरीमा हुनेछ। यसरी नै फाइनल 8 जनवरीमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement