खरसाङ: तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा नव ज्योति संघ चुनभट्टीको आयोजनामा सम्पन्न भईरहेको बाबु मेमोरियल क्रिकेट टुर्नामेन्ट अन्तर्गत आज मंगलवार पहिलो खेल मित्र संघ गोलाई पाखा र राजबारी जनसेवा संघमाझ भएको थियो। उक्त खेलमा राजवारीले टस जितेरा पहिलो ब्याटिङ गर्दै निर्धारित १५ ओभरमा ९५ रन बनाएको थियो। ९५ रनको लक्ष्यलाई खेदो गर्दै मित्र संघ गोलाई पाखाले केवल दुई विकेट गुमाएर ७.३ ओभरमानै उक्त लक्ष्य हासिल गरेको थियो। उक्त खेलमा २९ रन बनाएर दुई विकेट लिने विगनेश्वर प्रधानलाई म्यान अफ दी म्याच घोषित गरियो। आगामी ७ जनवरीको दिन सेमिफाइनलमा मित्र संघ गोलाई पाखाको भिड़न्त हिरो बजार तीनधारेसित हुनेछ। मंगलवार नै खेलिएको अर्को खेल नवज्योति संघ चुनभट्टी र महानदीमाझ सम्पन्न भएको थियो। उक्त खेलमा चुनभट्टीले टस् जितेर पहिलो ब्याटिङ गर्दै निर्धारित १५ ओभरमा ११३ र बनाएको थियो। चुनभट्टीको पक्षमा रञ्जीत थापाले सर्वाधिक ३२ रन अनि विजेन्द्र प्रधानले २७ रन बनाएका थिए। ११३ लक्ष्यलाई पछि गर्दै महानदीले अन्तिम बलमा उक्त लक्ष्यलाई हासिल गरेको थियो। अन्तिम एक बलमा तीन रनको आवश्यक्ता थियोजसमा निपेषले अन्तिम १ बलमा चौका हिर्काएर महानदीलाई सेमिफाइनमा प्रवेश गराएका छन्। महानदीको पक्षमा निश्चल शर्माले सर्वाधिक ३० रन बनाएको थियो। यस खेलमा २७ रन अनि २ विकेट लिएर नवज्योति संघ चुनभट्टीका विजेन्द्र प्रधान म्यान अफ दी म्याच चयन भए। आगामी ७ जनवरीमा सम्पन्न हुने सेमिफाइनलमा महानदीको जम्काभेट लिङ्कन क्लब सिपाहीधुरासित हुनेछ।