जीटीए प्रमुख कार्यपाल अनित थापाद्वारा लङ्भ्यु चियाबारीको मन्जिला थापा अनि किसान पाखरीनलाई नयाँ सालको उपहारस्वरूप नयाँ घर प्रदान

IMG_20230103_202659.jpg

खरसाङ: खरसाङको लंगभ्यु चियाबारी अन्तगर्त बिमेटार ग्रामका मन्जिला थापा अनि किसान पाखरीनले आज जीटिए प्रमुख अनित थापाको पहलमा निर्मित नयाँ घरमा गृह प्रवेश गरेका छन्। विगतको समय जीटीए प्रमुख अनित थापाको भ्रमण अवधिमा उक्त दुइवटा घरको जीर्णावस्था देखेर घर निर्माण गरिदिने वचन दिएका थिए जुन वचन आज आएर पुरा भएको छ। दुवै परिवारलाई जीटीए चिफ् अनित थापाद्वारा नयाँ सालको उपहारस्वरूप नयाँ घर प्रदान गरिएको छ। अाज दुवै परिवारले नयाँ घरमा प्रवेस गरेका छन्। नयाँ घरमा प्रवेस गर्न अघि सानो उदघाटन कार्यक्रम सम्पन्न भएको थियो। लंगभ्युको संयोजक मौसम लामाले सञ्चालन गरेको गृह प्रवेश कार्यक्रमलाई पंखाबारी लगभ्यु अम्बटे समष्टिको सभासद कल्पना प्रधान साथै खरसाङ महुकमा समिति अध्यक्ष एंव जीटीएको जनसम्पर्क अधिकारी सुवास प्रधानले सम्बोधन गरेका थिए। आज दुइवटा नव निर्मित घरको गृह प्रवेशको कार्यक्रममा पंखबारी लंगभ्यु अम्बटे समष्टिको सभासद एंव जीटीएको मातृ एंव शिशु कल्याण विभागकी कार्यकारी सभासद कल्पना प्रधानले सम्बोधन गर्दै मन्जिला थापा अनि किसान पाखरीनलाई बधाई एंव शुभकामना दिए साथै यस कार्यको निम्ति जीटीए प्रमुख कार्यपाल अनित थापाप्रति कृतज्ञता प्रकट गरिन्। उनले नव निर्मित घरको गुणस्तरीय कार्यको पनि प्रशंसा गरिन्। उनले आफ्नो समष्टिमा धेरैजनाको घरको अवस्था जीर्ण रहेको बताइन् साथै उनले आफ्नो पाँच वर्षको कार्यकाल गरीब दु:खीको घर निर्माण गर्न आफ्नो प्राथमिकता रहेको बताइन्। खरसाङ महुकमा समिती अध्यक्ष सुवास प्रधानले आफ्नो सम्बोधनमा नयाँ घर निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। उनले अहिले विपक्षी पार्टीले कोभिट रिलिफ फण्डको विषयमा जनतामा विभ्रान्ति फैलाइरहेको आरोप लगाउनको साथै आज जसले पनि अनित थापाप्रति आरोप लगाइरहेका छन् उनीहरूले उक्त रिलिफ फण्डमा कुनै सहयोग नगरेको पनि बताए। कोरोना कालमा उठाएको रिलिफ फण्डले श्रमिक भवनको निर्माण गरिए हाम्रो श्रमिकहरु कोही बिरामी भएर मेडिकल कलेजमा बस्न परे धेरै सहयोग हुने पनि प्रधानले बताए। आज सम्पन्न गृह प्रवेश कार्यक्रममा मनोनित सभासद एवं भागोप्रमो खरसाङ महकुमा समितिको सचिव प्रणाम रसाइली, महुकमा समितिको उप सभापति प्रेम प्रधान, सांगठनिक सचिव गुञ्जन शर्मा, प्रचार प्रसार सचिव दिपेन्द्र सेवा, कोषाध्यक्ष सञ्जय प्रधान, प्रवक्ता अनुप रामुदामु ,समष्टि सभापति मनिराज डुम्जन, सचिव ललित प्रधान, प्रचार प्रसार सचिव जिनोद परियारको बिशेष उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement