कालचिनी – गत ११ दिसम्बरको दिन हाँसीमारा एमईएसका स्टाफहरूसित कुनै विषयमा एमईएसमा निर्भर रहेका श्रमिकहरूको अनबन चल्दा एमईएसभित्र पस्न वायुसेना अधिकारीहरूले ती श्रमिकहरूलाई निषेध गरेको थियो भने यतिका दिनसम्म पनि यसको समाधान नहुँदा आज आईएनटीटीयूसीको पक्षबाट एमईएस बजार क्षेत्रमा एउटा सभाको आयोजन गरीएको थियो।
आईएनटीटीयूसी नेताहरू पेमा लामा, रघु मिञ्ज औ तृणमूल नेता कैलाश छेत्री एवम् अन्यान्य नेतृत्वहरूको बैठकमा अन्ततः सानो झगड़ा र भूल बुझाबुझले प्रायः ५० भन्दा अधिक श्रमिकहरू कामबाट वञ्चित हुन परेकोले एमईएस अधिकारीहरूसित यसबारे निवेदन गर्ने फसेला गरीएको थियो। अन्ततः मंगलाबार आईएनटीटीयूसी नेतृत्वहरूले एमईएस अधिकारीहरूसित भेंटवार्ता गर्दै कुराकानी गरेपछि अबउसो कामगारहरूलाई काम गर्न अनुमति दिएको बताईएको छ।