रेलिङ्ग युनाइटेड एसोसिएशनको तत्त्वावधानमा आयोजित रेलिङ्ग च्याम्पियन्स ट्रफी फूटबल टुर्नामेण्टको तेस्रो सीजनमा बिजनबारी फूटबल क्लब (बीएफसी)-ले सजिलै क्वार्टर फाइनलमा स्थान बनायो। मंगलवार खेलिएको म्याचमा बिजनबारी फूटबल क्लबले युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-लाई ६-२-ले पराजित गऱ्यो। विजेता टीमबाट अमन थापा एक्लैले ४ गोल गरे। यसबाहेक हेमराज भुजेल र आदर्श तामाङले १-१ गोल गरे। यसरी नै यूकेएफसी-बाट नयन प्रधान र आदर्श गुरुङले १-१ गोल गरे। अमन थापालाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टमा जम्मा १६ वटा नामी-दामी टीमहरूलाई प्रवेश दिइएको छ। दुईवटा सेमिफाइनल २१ र २२ जनवरीमा खेलिनेछ। यसरी नै फाइनल २५ जनवरीमा हुनेछ। यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।