काबिलुङ्चोक समष्टिको दौडाहामा एसडीएफ अध्यक्ष चामलिङ

IMG_20230103_200103.jpg

गान्तोक: एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले उत्तर सिक्किमअन्तर्गत काबिलुङचोङ समष्टिको दौडाहामा छन्। स्थानीय बौद्ध भिक्षुहरूको उपस्थितिमा चामलिङले काबिलुङचोकस्थित थेकुङथेक- नेकुङ्गेल – खेबुड्साको दर्शन गर्दै विधिपूर्वक पुजाअर्चना गरे। यसरी नै चामलिङले आज काबिलुङचोक निवासी जयप्रकाश सुब्बा र छिडेन लेप्चाका शोकसन्तप्त परिवारहरूलाई भेटी समवेदना प्रकट गरे। काबिलुङचोक समष्टि दौडाहाका क्रममा उनले स्थानीय जनसाधारणसँग कुराकानी गरे भने यसक्रममा जनताले वर्तमान समयमा भोग्नु परिरहेको दुःखद अवस्थाको बारेमा उनलाई अवगत गराएको जानकारी प्रेस विज्ञप्तिमा उल्लेख छ। यसका साथै एसकेएम सरकार सिक्किम र सिक्किमहरूका हितको पक्षमा नभएको, सिक्किमको धनसम्पत्ति एसकेएम सरकारले दुरुपयोग गरिरहेको सत्यता प्रकट गर्दै एसडीएफ पार्टीलाई सरकारमा फर्काइ ल्याउन आफूहरू पूर्ण रूपमा तयार भएको स्थानीय जनताले प्रतिबद्धता जाहेर गरेको दाबी गरिएको छ। एसडीएफ अध्यक्षले सिक्किम र सिक्किमेली जनताका भविष्य बचाउन एसडीएफ पार्टीलाई सबै एकजुट भएर साथ दिने आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement