सिलगढीमा दादागिरी देखाउने घटनामा संलन एकजना पक्राउ

IMG_20230103_195702.jpg

सिलगढी: सिलगढीको १५ नम्बर वार्डमा दादागिरी देखाउँदै दुइजना व्यक्तिलाई कुटपीट गरेको घटनामा पुलिसले एकजना युवकलाई पक्राउ गर्न सफल भएको छ। पक्राउ गरेर युवकलाई आज सिलगढी अदालतमा पेश गरेर पाँच दिनको पुलिस हिरासतमा लिएको छ। सिलगढीको १५ नम्बर वार्डमा बिक्रम दास र तिनका साथीहरूले दादागिरी देखाउँदै दुइ जना व्यक्तिलाई कुटपीट गरेका थियो। ति व्यक्तिहरूलाई गम्भीर चोट लागेको थियो। सो घटनाले सिलगढीको १५ नम्बर वार्डमा सनसनी फैलिएको थियो। यस घटनापछि घाइते बाप्पी बनिकले कुटपीट गर्ने युवक बिक्रम दास र तिनका साथीहरूविरुद्ध पानीट्याङ्की आउटपोस्टमा लिखित अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले विश्वरूप पाल नाम गरेको युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गरेर पाँच दिनको पुलिस हिरासतमा लिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार हिजो सिलगढीको पाँच नम्बर वार्डमा कुटपीटको घटनामा एकजना आरोपीलाई पक्राउ गरेको छ भने घटनाको मुख्य आरोपी बिक्रम दासको मोबाइल लोकेशनको सहयोगमा तिनको खोजी जारी रहेको छ।

About Author

Advertisement