सिलगढी: नक्सलबारी ब्लक बीजेपीले आवास योजना, खानेपानी सेवा सहित कुल १२ बुँदे मागहरूको सम्बन्धमा नक्सलबारी बीडीओलाई ज्ञापनपत्र दिएको छ। मंगलबार नक्सलबारी ब्लक बीजेपीद्वारा विरोध ऱ्याली निकालिएको थियो। सयौं भाजपा कार्यकर्ता र्याली लिएर बीडीओ कार्यालय पुगेर विरोध प्रदर्शन र नाराबाजी गर्दै बीडीओलाई ज्ञापनपत्र बुझाए। भाजपा उपाध्यक्ष मनोरञ्जन मण्डलले आवास योजनाबाट गरिबको नाम हटाइएको बताए। भाजपाका लागि काम गर्नेहरूको नाम पनि सूचीबाट हटाइएको छ। गरिबले घर नपाए आगामी दिनमा ठूलो आन्दोलन गर्ने भाजपा नेताहरूले चेतावनी दिएका छन्। यसका साथै खानेपानी आयोजनाको छिटो कार्यान्वयन र सडक निर्माणको माग पनि बीडीओसमक्ष दोहोर्याइयो।