आईएसकेएफ सिलगढीमा आयोजना हुने

IMG_20230103_170919.jpg

सिलगढी: ८औं राष्ट्रिय कराते च्याम्पियनसिप राष्ट्रिय कराते च्याम्पियनशिप(आईएसकेएफ) ७ र ८ जनवरी २०२३ मा सुब्रत संघ मैदान, सिलगढीमा आयोजना हुँदैछ। पश्चिम बङ्गाल बाहिरका ७ राज्य असम, मणिपुर, नागाल्याण्ड, त्रिपुरा, ओडिशा, महाराष्ट्र र उत्तर प्रदेशबाट २५० जना मानिस आउने गरेको बताइएको छ। यसबाहेक पश्चिम बंगालका विभिन्न जिल्लाका करिब २५० खेलाडीले सहभागिता जनाउनेछन्। साथै यस खेलमा सिलगढीका मेयर गौतम देव प्रमुख अतिथि हुनेछन्। यसका साथै विजयी टोलीलाई मेडल र प्रमाणपत्रको समेत व्यवस्था गरिएको छ। खेलमा सहभागी हुन बाहिरबाट आउनेहरुको बस्न र खानाको निःशुल्क व्यवस्था गरिएको संस्थाका सदस्य पियुष कान्ति बर्मनले जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement