राजगञ्ज: आज असहाय मानिसहरूलाई राजगञ्ज बीएलआरओ तथा एलआरओ मोहरी युनियनको तर्फबाट कम्बल वितरण गरियो। राजगञ्ज बीएलआरओ अफिस नजिक आज उक्त कार्यक्रमको आयोजना गरिएको हो। राजगञ्जका विधायक खगेश्वर रायको बाहुलीबाट गरिब मानिसहरूलाई कम्बल वितरण गरियो। विभिन्न इलाकाको लगभग एक सय असहाय मानिसहरूलाई आज कम्बल वितरण गरियो। यस अवसरमा राजगञ्जका विधायक खगेश्वर राय, तृणमूल कङ्ग्रेसको राजगञ्ज ब्लक सभापति अरिन्दम ब्यानर्जी, अञ्चल प्रधान अमल कुडी र राजगञ्जका बीएलआरओ तथा एलआरओ मोहरी युनियनका सदस्यहरू उपस्थित थिए।