साउदी अरब: मक्का र मदिनाबीच पहिलो पटक महिलाले चलाउने बुलेट ट्रेन

00-Saudi-Arab-1

रियाद: इस्लाम धर्मको गढ मानिने साउदी अरबमा पहिलो पटक महिलाले बुलेट ट्रेन चलाउने भएका छन्। साउदी अरेबियाको रेलवे कम्पनी सारले ३२ साउदी महिलाको स्नातक समारोह मनाएको छ। महिला ट्रेन चालकहरूको यो पहिलो ब्याचले विश्वको सबैभन्दा छिटो चल्ने रेलहरू मध्ये एक हर्मोनिया एक्सप्रेस चलाउनेछ। यी चालकहरूले अब ट्रेन चलाउन योग्यता हासिल गरेका छन्। सारले आफ्नो आधिकारिक ट्विटर अकाउन्टमा यी महिलालाई ट्रेन चलाउने तालिम देखाएको छ।

यी महिला ट्रेन चालकहरूका प्रशिक्षक ट्रेन क्याप्टेन मोहनाल्ड शेकरले भने, ‘हार्मियन ट्रेनहरू आफ्ना पुरुष र महिला क्याप्टेनहरूलाई प्रशिक्षण दिन इच्छुक छन् ताकि उनीहरूले सुरक्षाको उच्चतम स्तर हासिल गर्न सकून्l’ यी महिला ट्रेन चालकहरू पूरै पश्चिम एसियामा पहिलो महिला रेल चालक बनेका छन्। यो अवसर पाएपछि महिलाको खुशीको सीमा रहेन। तीर्थयात्री र यात्रुको ढुवानीले आफूलाई राम्रो काम गर्न प्रेरित गरेको उनले बताइन्। एक महिला चालकले यो ट्रेन चलाउने तालिमका क्रममा सिमुलेटरमा ट्रेन चलाउन सिकाइएको बताइन्। यसले उनीहरूलाई वास्तवमा ट्रेन चलाउने अनुभव दियो। यस अवधिमा उनीहरूलाई रेल चलाउने पूर्ण अभ्यास गराइयो ताकि उनीहरू वास्तविक यात्रामा जान सकून्। साउदी अरेबियाले यातायात र रसद क्षेत्रमा महिलाहरूलाई सशक्तिकरण गर्न आफ्नो नीतिहरू निरन्तर परिवर्तन गरिरहेको छ। यी महिलालाई बिना ढिलो गन्तव्य स्टेशनमा पुग्ने गरी यस्तो तालिम दिइएको शेकरले बताएl

यी महिलाले साउदी अरेबियाका पवित्र शहर मक्का र मदिनाको बीचमा बुलेट ट्रेन चलाउने बताइएको छ । यो ट्रेन ४५० देखि ३०० प्रतिकिलोमिटर घण्टाको रफ्तारमा चल्नसक्ने संसारको सबैभन्दा द्रुत गतिको रेल मध्ये एक हो। यो पूर्ण रूपमा विद्युतीय रेल हो र इस्लामका दुई पवित्र शहर मक्का र मदिनाको बीचमा सन् २०१८ मा शुरु गरिएको थियो। गत वर्ष यो जागिरका लागि २८ हजार महिलाको आवेदन परेको थियो। साउदी अरबले महिलाप्रति आफ्नो सोच परिवर्तन गरिरहेको यसले स्पष्ट रूपमा देखाएको छ।

About Author

Advertisement