पाकिस्तानी अभिनेत्रीहरूलाई हानी हनीट्र्यापको लागि प्रयोग गरिन्थ्यो?

00-Honeytrap

इस्लामावाद: पाकिस्तानका एक पूर्व सैनिकको दावीका कारण त्यहाँ सेनादेखि फिल्मी संसारमा हालचल मच्चिएको छ। लन्डनमा बस्ने पूर्व सैन्य अधिकारी र सोसाइटी अफ एक्स-सर्भिसमेनका प्रवक्ता रहिसकेका सेवानिवृत्त मेजर आदिल राजाले पाकिस्तानी सेनाका उच्च अधिकारीहरूले देशका शीर्ष नेताहरूलाई ‘हनी ट्र्याप’ बनाउन अभिनेत्रीहरूलाई प्रयोग गरेको आरोप लगाएका छन्। यति मात्र होइन, आदिल राजाले पूर्व सेना प्रमुख जनरल कमर जावेद बाजवा र पूर्व आईएसआई प्रमुख जनरल फैजले यी पाकिस्तानी अभिनेत्रीहरूलाई गुप्तचर एजेन्सीको मुख्यालय वा सेफ हाउसमा बोलाएर उनीहरूसँग यौनसम्बन्ध राख्ने गरेको पनि दाबी गरेका छन्।

राजाले आफ्नो भिडियो ब्लगमा धेरै सनसनीपूर्ण दाबी गरेका छन्। उनले पाकिस्तानका शीर्ष मोडेल र अभिनेत्रीहरूलाई देशका सैनिक अधिकारीहरूले आफ्नो फाइदाका लागि प्रयोग गर्ने गरेको बताए। यी आईएसआई अधिकारीहरूले यी अभिनेत्रीहरूलाई राजनेताहरू र देशका अन्य शक्तिशाली पदहरूमा बसेका मानिसहरूलाई हनीट्र्याप गर्न पठाउँछन् र त्यसपछि उनीहरूको भिडियो बनाउँछन्। आदिल राजाले शुरुमा यी अभिनेत्रीहरूको नाम बताएनन् र उनीहरूलाई एमएच, एमके र एसए मात्र नाम दिए। यो सनसनीपूर्ण दावी पछि आदिल राजाको भिडियो महविश हयात, माहिरा खान, सजल अली र कुब्ब्रा खानको तस्वीरसहित सोसियल मिडियामा भाइरल भयो। त्यसपछि आदिल राजा आएर आफूले उल्लेख गरेको नामसँगै पाकिस्तानसहित विश्वमा धेरै मोडल तथा अभिनेत्री रहेको स्पष्ट पारे। अर्कोतर्फ आदिल राजाको यो दावीलाई लिएर पाकिस्तानी सिने संसारमा हालचालमा मच्चिएको छ।

विवादास्पद पाकिस्तानी अभिनेत्री महविश हयात, माहिरा खान, सजल अली र कुब्ब्रा खानले आदिल राजाको दावीको कडा निन्दा गरेका छन्। योसँगै उनका फ्यानहरुले अभिनेत्रीहरुलाई मानहानीको मुद्दा हाल्न सल्लाह दिएका छन्। सजल अलीले यो आफ्नो चरित्रलाई बदनाम गर्ने प्रयास भएको बताइन्। यसैबीच कुब्ब्रा खानले सोमबार आफू पूर्व पाकिस्तानी सैन्य अधिकारीविरुद्ध कानुनी कारबाही गर्ने बताएकी छिन्। महविश हयात त्यही अभिनेत्री हुन् जसको नाम माफिया डन दाउद इब्राहिमसँग पनि जोडिएको थियो। यदि आदिल राजाको यो आरोप साँचो हो भने यसले पाकिस्तानी सेनाको घृणित अनुहार उजागर गर्छ। यो दाबी यस्तो समयमा गरिएको हो जब इमरान खानका धेरै यौन अडियो लीक भइसकेका छन् र आईएसआईलाई यसको आरोप लगाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement