पार्टी सर्वोपरी रहेको मुख्यमन्त्री ममता ब्यानर्जीको भनाइ

मुख्यमन्त्री ममता ब्यानर्जी l फाइल फोटो

कोलकाता: पार्टीको बारेमा सधैं सजग रहने मुख्यमन्त्री ममता ब्यानर्जी भ्रष्टाचारका उजुरीहरूपछि सक्रिय देखिएकी छिन्। विशेष गरी विभिन्न चुनाव अघि राज्यमा सत्तारुढ तृणमूलले आफ्नै कार्यकर्ता र नेताहरूलाई सतर्क गराउँदै आएको छ। मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, ‘पार्टी सर्वोपरी हो, यसभन्दा माथि कोही छैन। म पनि होइन। लोभको लागि कुनै ठाउँ छैनl’ मुख्यमन्त्रीले धानमा कीरा देखिए पूरै नष्ट नगर्ने, तर त्यो किरालाई हटाउने नत्र पूरै धानमा कीरा लाग्ने बताइन्। ‘कुनै कुरा आयो भने पहिले सच्याइदिन आग्रह गर्छौँ, अझै पनि मान्नुभएन भने जे गर्नुपर्छ त्यही गर्छौँ’, उनले भनिन्। वर्षको शुरुवातमा सोमबार नजरुल मञ्चमा पार्टीका विभिन्न तहका प्रतिनिधिसहितको विशेष सम्मेलन भएको थियो। त्यहाँ ‘दिदिर सुरक्षा कवच’ नामक कार्यक्रमको उद्घाटन गरेपछि बोल्दै उनले पार्टीको बारेमा महत्त्वपूर्ण कुराहरू बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement