दार्जीलिङ: ‘श्रमिकहरूको हक र अधिकारको निम्ति जोइण्ट फोरम र गोर्खा स्वाभिमान संघर्षले इमान्दारिता पूर्वक संघर्ष गर्नेछ’ यो मनतब्य पहाडको माकपा एंव श्रमिक नेता दिलिप दिलपालीले पोखे को हो। गत केही दिन अधिदेखि गोर्खा स्वाभिमान संघर्षले दार्जीलिङको क्यापिटल हलमा गोर्खा स्वाभिमान र श्रमिकहरूले भोग्दै आएका कुराहरू उठाउँदै आई रहेको छ। आयोजित गोर्खा स्वाभिमान संघर्षद्वारा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पहाडको माकपा नेता एंव श्रमिक नेता दिलिप दिलपालीले चिया श्रमिक हरूमाथि दिन प्रति दिन अन्याय र अत्यचार बडदै गई रहेको बताए।दिलपालीले शहीद वी. आर. देवानको स्मरण गर्दै अधि भने चुङथुङ चिया बगान निवासी शहीद वीआर देवानले चुङथुङ चिया बगानमा कार्यरत चिया श्रमिकहरूमाथि भई रहेको अन्याय र अत्यचारको विरोध जनाउँदै आई रहेका थिए तर चिया बगान मालिकले श्रमिकहरूमाथि हुदै गई रहेको अन्याय र अत्यचारलाई अन्त गर्नको साटो चिया बगान नै बन्द गरी दिए। मालिकबर्गको यस्तो शोषण र अत्यचारलाई अन्त गर्ने वीआर देवानले समय सीमा दिए तर मालिकबर्गले देवानको समय सीमालाई कुनै पत्तो नदिन्दा मालिकबर्गको विरूद्व सुसाइट नोट लेखेर प्राण को आहुति दिए।मालिकबर्गलाई श्रमिकहरूको दुख,कष्ट प्रति अलि कति पनि दया भावना छैन। चिया श्रमिकहरू माथि मालिकबर्गको शोषण र अत्यचार आज पनि यथवत छ।श्रमिकहरूले पाउँने हक र अधिकार दिन प्रति दिन कटौती हुदै जान्दैछ,पहाडको प्राय सवै चिया बगानहरूमा कार्यरत श्रमिकहरूले कम्पनीद्वारा पाउँने धरहरूको निर्माण कार्य प्रायः प्रायः बन्द गरी सकेको छ। पहाडमाथि थोपिएको ब्यवस्थाको चाैकीमा बस्नेहरूले श्रमिकहरूमाथि भई रहेको अन्याय र अत्यचारको विरोध गर्नको साटो रमिता हेर्ने काम गर्दैछ। श्रमिकहरूमाथि भई रहेको अन्याय र अत्यचारहरूको विरोध गर्न जोइण्ट फोरमको गठन भएको हो। अब जोइण्ट फोरम र गोर्खा स्वाभिमान संघर्षले श्रमिकहरूको हितमा निस्वर्थ भावले काम गर्नेछ दिलपालीले भने।