महानगरपालिकाका विपक्षी नेता अमित जैनमाथि आक्रमण

IMG-20230103-WA0123.jpg

आन्तरिक चोटले अस्पताल भर्ना, दोषीलाई कारबाही गर्न भाजपाको माग

सिलगढी: सिलगढी महानगरपालिकामा विपक्षी नेता तथा वार्ड नम्बर ९ का भाजपा पार्षद अमित जैनमाथि आक्रमणको घटना बाहिर आएको छ। प्राप्त जानकारीअनुसार गत सोमबार राति उनीमाथि आफ्नै वार्डमा आक्रमण भएको थियो। तिनको वार्डमा बालुवा ढुङ्गाको सिन्डिकेटको गडबडी भइरहेको बताइएको छ। गडबडी देखेपछि स्थानीयले पार्षद अमित जैनलाई घटनास्थलमा बोलाए। जब अमित जैन मानिसहरूलाई शान्त पार्न त्यहाँ गएका थिए, केही मानिसहरूले उनीमाथि आक्रमण गरेका थिए। जसका कारण तिनलाई आन्तरिक चोट लागेको छ, जसका कारण तिनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। यस घटनाप्रति भारतीय जनता पार्टीले आक्रोश व्यक्त गर्दै दोषीलाई यथाशीघ्र पक्राउ गरी कारबाही गर्न माग गरेको छ। घटनाको निन्दा गर्दै भारतीय जनता पार्टी सिलगढी सङ्गठन जिल्ला समितिका सचिव कन्हैया पाठकले वार्डमा अमित जैनको बढ्दो लोकप्रियतालाई देखेर उनका विरोधीहरू चिन्तित भएको बताए। त्यही भएर तिनीहरुलाई निशाना बनाइन्छ। तिनले घटनामा संलग्नलाई यथाशीघ्र पक्राउ गर्नुपर्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement