नयाँ दिल्ली: राष्ट्रव्यापी कोभिड खोपअन्तर्गत हालसम्म कुल २२०.११ करोड (९५.१३ करोड दोस्रो डोज र २२.४१ करोड सावधानी खोप) खोपहरू लगाइएको छ।
पछिल्लो २४ घण्टामा ४५ हजार ७६९ खोप लगाइएको छl
भारतमा सक्रिय बिरामीहरूको संख्या २,५८२ रहेको छl
सक्रिय मामला दर ०.०१ प्रतिशत छl
हालको रिकभरी दर ९८.८ प्रतिशत छl
पछिल्लो २४ घण्टामा २२२ जना निको भएका छन्, अहिलेसम्म स्वस्थ हुनेको कुल संख्या ४ करोड ४१ लाख ४५ हजार ६६७ पुगेको छ।
पछिल्लो २४ घण्टामा १३४ नयाँ मामलाहरू रिपोर्ट गरिएको छl
दैनिक सक्रिय मामला दर ०.०९ प्रतिशत रहेको छl
साप्ताहिक सक्रिय मामला दर ०.१३% रहेको छl अहिलेसम्म ९१.१२ करोड परीक्षण भएको छ भने, पछिल्लो २४ घण्टामा १,१५,१८६ परीक्षण गरिएको छl –पीआईबी