देश स्वाधीन भएको बर्षौ विति सक्दा पनि श्रमिकहरूले स्वाधीनताको श्वास फर्ने पाएको छैन: जतन राई

IMG-20230103-WA0121.jpg

दार्जीलिङ: देश स्वाधीन भएको बर्षौ विति सक्दा पनि चिया श्रमिकहरूले स्वाधीनताको श्वास फर्ने पाएको छैन यो मनतब्य हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको सचिव जतन राईले पोखेको हो। दार्जीलिङको क्यापिटल हलमा गोर्खा स्वाभिमान संघर्षले गत केही दिन अधिदेखि गोर्खा स्वाभिमान र श्रमिकहरूले भोग्दै आई रहेको विषयहरूलाई लिएर निरन्तर रूपमा कार्यक्रमहरूको आयोजना गर्दै आई रहेको छ। आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको सचिव जतन राईले दार्जीलिङ पहाडको अवस्था लथालिङ भताबुङ भएको छ भन्ने बताए। तिनले अधि भने म कमाने छोरो हो। कमान बासीहरूले भोग्न परेको दुख ब्यथा अति नै पिडा दायक छ। युगौ युगौदेखि बसो बासो गर्दै आएको चिया श्रमिकहरूको धर धडेरी आफ्नो नाममा छैन। पिता पूर्खादेखिको आफ्नै जमीनमा धर बनाउँनु पर्दा मालिकबाट अनुमति लिनु पर्छ यो कस्तो विडम्बना राईले भने। पिता पूर्खादेखि बसो बासो गर्दै आएको जमीनको पर्चा पटटा दिनु पर्छ भन्ने आवाज चडकिन्दा अहिले तीन डेसिमल जमीनको पर्चा पटटा दिने कार्य गर्दैछ तर हामीलाई बाँदरको निधार भन्दा सानो जमीनको पर्चा पटटा चाहिन्दैन, हाम्रो पिता पूर्खा ले कमाउँदै ल्याएको जग्गा जमीनको पर्चा पटटा दिनु पर्छ राईले भने। चिया बगानहरूमा युगौ युगौदेखि बसो बासो गर्ने श्रमिकहरू आफ्नै धर जमीनमा अपरिचित हुन पर्दैछ, खै हाम्रो जमीनको उन्मुक्ति भन्दै राईले प्रश्न तेर्साए।

About Author

Advertisement