ईंग्लिश प्रीमियर लीग (ईपीएल)-मा उलटफेरको क्रम जारी रह्यो। सोमवार राति खेलिएको म्याचमा शक्तिशाली लिभरपूललाई ब्रेण्टफोर्डले ३-१-ले पराजित गऱ्यो। स्टार खेलाड़ीहरूका उपस्थितिमा आफ्नो टीमको निराशाजनक हारले लिभरपूलका प्रशंसकहरूलाई स्तब्ध बनायो। ब्रेण्टफोर्डको होम ग्राउण्डमा ७३ प्रतिशत पोजेशनको साथ खेले पनि जुर्गेन क्लोपक टीमले हारलाई टार्न सकेन। म्याचमा ब्रेण्टफोर्डको शुरुवात असल रह्यो। लिभरपूलका डिफेण्डर इब्राहिम कोनाटेले १९औं मिनटमा आत्मघाती गोल गर्दा ब्रेण्टफोर्डले बढ़त हासिल गऱ्यो। त्यसपछि योआने विस्साले ४२औं मिनटमा अझ एक गोल गरी हाफ टाइम अघि होम टीमलाई २-०-को बढ़त दिलाए। दोस्रो हाफमा चाहिँ लिभरपूलले १ गोल गऱ्यो। टीमबाट एलेक्स अक्सलेड-चेम्बरलिनले ५०औं मिनटमा गोल गरे। अन्तमा ब्रायन एम्ब्यूमोले ८४औं मिनटमा गोल गरी ब्रेण्टफोर्डलाई ३-१-ले यादगार जीत दिलाए। प्रीमियर लीगको जारी सीजनमा लिभरपूलको यो पाँचौं हार हो। टीम अहिले १७ वटा म्याचमा २८ पोइण्टको साथ लीग टेबलको छैटौं स्थानमा रहेको छ। यसरी नै सातौं स्थानमा रहने ब्रेण्टफोर्डसँग १८ वटा म्याचपछि २६ पोइण्ट रहेको छ।