निरुकला तामाङ स्मृति कप फूटबल टुर्नामेण्टः दार्जीलिङ एरोज क्वार्टर फाइनलमा

photocollage_202313104810322.jpg

सिम्ले युनाइटेड बोइज क्लब, मंगपूको तत्त्वावधानमा आयोजित निरुकला तामाङ स्मृति कप फूटबल टुर्नामेण्टमा दार्जीलिङ एरोजले क्वार्टर फाइनलमा स्थान बनायो। मंगपू डीविजनल खेल मैदान (शारदा हायर सेकेण्डरी स्कूल नजिक)- मा सोमवार भएको म्याचमा दार्जीलिङ एरोजले सिलगढी युनाइटेड फूटबल क्लबलाई टाईब्रेकरमा ४-३-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२- को बराबरीमा रहेको थियो। टुर्नामेण्टमा जम्मा २० वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल १९ र २० जनवरी २०२३-मा हुनेछ। फाइनल २२ जनवरीमा खेलिनेछ। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई निरुकला तामाङ स्मृति विनर्स ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई नन्दमाया मंगर स्मृति रनरअप् ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement