छिरिङ ल्हामु तामाङ राष्ट्रीय च्यानल जी.डान्स बंगला डान्सको निम्ति छनौट

IMG-20230102-WA0246.jpg

गान्तोक: सिक्किम सानो राज्य भएता पनि यहाँ कलाकारहरूको कमी भने नरहेको हालका केही राष्ट्रीय च्यानमा प्रसारण गरिने कार्यक्रमबाट स्पष्ट भएको छ। यसै क्रममा बुर्तुक निवासी सात वर्षीया छिरिङ ल्हामु तामाङ राष्ट्रीय च्यानल जी.डान्स बंगला डान्स निम्ति छनौट भएकी छन्। उनले केही दिन अघि कलकत्तामा सम्पन्न भएको दोस्रो चरणको अडिसनमा उत्कृष्ट नृत्य प्रदर्शन गरेपछि छनौट गरिएको हो। बुर्तक निवासी बाबा प्रमोद तामाङ , आमा भावना थापाकी छोरी सिक्किमबाट उक्त प्रतियोगितामा छनौट हुने एक मात्र कलाकार हुन्। उल्लेखनीय छ, सिक्किमकी अर्को छोरी जेत्सेन डोना लामाले हाल राष्ट्रीय च्यानल सारे गा मा पा लिटल च्याम्पमा उत्कृष्ट प्रदर्शन गर्दै टप एटमा पुग्न सफल भएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement