जोरथारङमा माघे मेला फुटबाल टुर्नामेन्ट शुरू

IMG-20230102-WA0245.jpg

गान्तोक: राज्य सरकारको खेलकुद एवं युवा मामिला विभागले यस वर्ष पनि पछिल्ला माघे मेलाहरूमा जस्तै फुटबल टुर्नामेन्ट आयोजना गरिएको छ जसको शुरुवात आजदेखि भयो। उल्लेखनीय छ, यस वर्षको माघे मेलामा सङ्घलगायत राज्यका ३२वटा समष्टिबाट ३२वटा दलले सहभागिता जनाएको छ। आज उद्घाटन समारोहमा मुख्य अतिथिको रुपमा उपस्थित खेल मन्त्री कुङ्गा निमा लेप्चाले फुटबल टुर्नामेन्ट आरम्भ भएको घोषणा गरे।
आजको उद्घाटन म्याच जूम सालघारी र वेस्ट पाण्डम समष्टिबीच भएको थियो जसमा १को विरुद्ध २ गोलले बियज प्राप्त गरि जूम सालघारी अघिल्लो चरणमा पुगेको छ। आज कूल दुईवटा म्याच खेलाइएको थियो। दोस्रो म्याच खामदोङ-सिङ्गताम र नामथाङ रातेपानी समष्टिबीच भएको थियो। टुर्नामेन्टको फाइनल खेला १५ जनवरीको दिन सम्पन्न हुनेछ।
उद्घाटन कर्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कुङ्गा निमा लेप्चाले जोरथाङ माघे मेलाको महत्वमाथि प्रकाश पारे। परम्परासँगै खेलकुदलाई पनि अघि बड़ाउने उद्देश्यले सरकारले फुटबल टुर्नामेन्ट आरम्भ गरेको उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement