रम्फू: माखा रालिङ निवासी यदु प्रसाद शर्मा अन्तरराष्ट्रिय शिक्षा पुरस्कारले पुरस्कृत भएका छन्। उनलाई हरियाणा गुड़गाउँको हयातमा गत ३० दिसम्बरको दिन आयोजित कार्यक्रममार्फत उपरोक्त सम्मान प्रदान गरिएको हो।
उनलाई अष्ट्रेलिया र स्विटजरल्याण्डका दूतावास र होभररोबोटिक्सका संस्थापक एवं सीईओ डा. मुनिष जिन्दलद्वारा यो पुरस्कार प्रदान गरिएको थियो। पुरस्कार ग्रहणपछि सिक्किम फर्केर आउने क्रममा उनलाई राज्यको मुख्य प्रवेशद्वार रम्फूमा क्षेत्रवासी, विभिन्न संस्था, एफपीओ, युवाहरूले न्यानो स्वागत जनाए। यस अवसरमा एसकेएम पश्चिम पाण्डाम समष्टि समितिका अध्यक्ष हरि दङ्गालको विशेष उपस्थिति रहेको थियो। यस अन्तरराष्ट्रिय अवार्डद्वारा सम्मानित भएकोमा उनलाई गान्तोक जिल्लाका अध्यक्ष बलराम अधिकारीले पनि बधाई दिएका छन्। यस पुरस्कार प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै यदुप्रसाद शर्माले आफूलाई हौसला प्रदान गर्ने सबैप्रति आभार प्रकट गरेका छन्।