नयाँ वर्षमा आध्यात्मिक जागृतिकोसन्देश दिँदै सदभावना सम्मेलनकोसमापन

21-25-26-sadbhav_118_H@@IGHT_0_W@@IDTH_600.jpg

सिलगढी: मानव धर्मका प्रणेता सतपाल महाराजले मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्रद्वारा मानव धर्म आश्रम, उत्तर पलास, मझुवा गाउँ सिलगढीमा आयोजित दुई दिवसीय सदभावना सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्ने क्रममा मानव जीवनमा धर्म र कर्मको समन्वय हुनु आवश्यक छ, भौतिक र आध्यात्मिक कार्यको समन्वयले नै जीवन सफल हुने भएकाले मानवले भौतिक कार्यहरुसँगै आध्यात्मिक कार्य पनि गर्नु अनिवार्य छ भन्ने वक्तव्य व्यक्त गरेका हुन्। नयाँ वर्षमा जन-जनमा आत्माज्ञानको प्रचार-प्रसार गर्ने उनले आफ्ना अनुयायीहरू र मानव उत्थान सेवा समिति र मानव सेवा दलका कार्यकर्ताहरूलाई निर्देशन पनि दिए। समापन समारोहलाई माता अमृताजीले पनि सम्बोधन गर्दै सबैलाई आध्यात्मिक साधना गर्ने आह्वान गरिन्। सम्मेलनको अन्तिम दिन बालसभा र युवा प्रकोष्ठका भजन गायक कलाकारहरूले विभिन्न भाषामा भजन, नृत्य र नाटक आदि प्रस्तुत गरेका थिए यसरी नै अन्तिम दिन उत्कृष्ट सेवा प्रदर्शन गर्ने मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्रका विभिन्न शाखा, तहसिल अनि विभागीय प्रभारीहरुलाई सुयशजी महाराजको बाहुलीबाट पारितोषिक प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement