पूर्वोत्तर साहित्य अकादमीको महत्वपूर्ण साहित्य पर्वमा सिक्किमका दुई कविले प्रतिनिधित्व गर्ने

Untitled-1-copy-3

गान्तोक – भारतभरिका विभिन्न राज्य र छिमेकी मुलुकहरूबाट कवि साहित्यकारलाई निम्त्याएर आयोजन गरिएको ग्वालियर साहित्य संस्थान एवम् पूर्वोत्तर साहित्य अकादमीको महत्वपूर्ण साहित्य पर्वमा सिक्किमका दुई कविले प्रतिनिधित्व गर्ने मौका पाए। ग्वालियरमा आयोजित ‘लोक मंगल हिन्दी साहित्य पर्व’ को महतोपलक्ष्यमा भारतीय पर्यटन एवं यात्रा प्रबन्ध संस्थान (भारत सरकार) को ग्वालियरस्थित सभागारमा आयोजन भएको थियो। जहाँ सिक्किमका कवि लुइस विष्ट र अमर बानियाण लोहोरोले सहभागिता दिए।

गत २४ र २५ दिसम्बरमा सम्पन्न कार्यक्रममा देशका विभिन्न राज्यका साहित्यकार कविहरूले सहभागि बनेका थिए। क्रमेले २४ दिसम्बरको दिन अन्तरराष्ट्रिय साहित्य सङ्गोष्ठी अनि २५ दिसम्बरको दिन अन्तरराष्ट्रिय भव्य कवि सम्मेलन आयोजित गरिएको थियो। जसमा भारतभरिका विभिन्न राज्यहरूबाट आमन्त्रित कवि कवयित्री तथा नेपाल अनि मारिशसका कविहरूद्वारा वार्ता अनि कविता, गीत, गजल, प्रस्तुत गरिएको थियो। पूर्वोत्तर राज्यहरूबाट असम, अरुणाचल प्रदेश, मणिपुर आदि राज्यका कविहरूले सहभागिता जनाएका थिए ।सिक्किमबाट कवि अमर बनियाँ लोहोरी अनि कवि लुइस विष्टले सहभागीता जनाएका थिए। सिक्किमका साहित्यकार अमर बानियाँ लोहोरोले वार्तासहित नेपाली र हिन्दीमा कविता प्रस्तुत गरेका थिए भने कवि लुइस विष्टले कविता पाठ गरेकी थिइन। यसप्रकारको अन्तरराष्ट्रिय मञ्चमा आफ्नो राज्यबाट सहभागी बन्न पाएकोमा कवि विष्टले खुशी व्यक्त गर्दै नयाँ अनुभव र उर्जा थप्ने यो कार्यक्रमले अवसर जुरेको बताइन् ।

कार्यक्रमको मूल शीर्षक ‘स्वाधीनता और साहित्य’ रहेको थियो जसमा पुस्तक लोकार्पण, पुस्तक चर्चा, सांस्कृतिक कार्यक्रम, विशिष्ट कलाकारहरूद्वारा नृत्य आदि प्रस्तुत गरी कार्यक्रमलाई थप रोचक बनाइएको थियो ।उक्त कार्यक्रमको दोस्रो सत्र अर्थात २५ दिसम्बरको दिन सिक्किमका कवि साहित्यकार अमर बानियाँ लोहोरोलाई व्यङ्गय कवि बलवन्त सिंह तोमर स्मृति लोक मंगल साहित्य सम्मान र कवि गीतकार लुइस विष्टलाई कृष्ण मजेजी स्मृति लोक मंगल साहित्य सम्मानले भव्य कार्यक्रमबीच अलङ्कृत गरिएको जानकारी प्राप्त भएको छ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement