ग्रीन भ्यू स्कूलले रजत जयन्ती पालन गऱ्यो

bfa01641-36a8-4f6c-a747-64ba390e1887


कालचिनी – कालचिनी खण्डको गारोपाड़ास्थित ग्रीन भ्यू अंग्रेजी स्कूलले आज स्कूलको बार्षिक समारोहसित स्कूलको रजत जयन्ती पालन गरेको जानकारी सो स्कूलका प्रबन्धन निर्देशक शंकर विश्वकर्माले दिएका छन्। आज यस अवसरमा स्कूल प्राङ्गणमा स्कूलका विद्यार्थी अनि अभिभावकगणलाई बोलाएर बार्षिक समारोह पालन गरिएको थियो सो अवसरमा मुख्य ‌अतिथिको रुपमा कालचिनी थाना प्रभारी टीएन लामा लगायत उत्तर लोथाबारी ग्रामीण अस्पतालका चिकित्सक डा. आकास कुमार एवम् अन्यान्यको उपस्थिति रहेको थियो।


स्कूलका विद्यार्थीहरूले विभिन्न इभेन्ट नृच्य गीत अनि राइम्सको प्रस्तुति दिएको थियो भने कलाकार अतिथि समीर विश्वकर्माले महिला र पुरुषको द्विस्वरमा नेपाली, हिन्दी र बंगला गीतहरूको प्रस्तुति दिएर अभिभावकहरूलाई मनोरञ्जन प्रदान गरेको थियो। स्कूलका प्रबन्धन निर्देशक शंकर विश्वकर्माले सन १९९८ सालमा स्थापना गरिएको सानो स्कूलले २५ बर्ष टेकेको र आज चियाबारी गाउँ बस्तीका नानीहरूलाई अंग्रेजी माध्यममा शिक्षा प्रदान गर्दै आईरहेको र यसमा आफ्नो परिवार लगायत अभिभावकहरूले भरपुर सहयोग दिएकोले नै रजत जयन्ती साथै स्तूलको बार्षिक कार्यक्रम सम्पन्न गर्न सकेको जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement