खरसाङमा भाषा सेवक पारसमणि प्रधानको १२६औं जन्म जयन्ती पालन

IMG_20230102_203110.jpg

खरसाङ: नेपाली भाषा साहित्यको अग्रणी भाषा सेवक पारसमणि प्रधानको जन्म जयन्ती पालन गरिएको छ। गेर्खा जनपुस्ताकालय खरसाङको आयोजनामा यहाँको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा रहेको पारसमणि प्रधानको सालिगमा श्रध्दाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ। भाषा सेवक पारसमणि प्रधानको जन्म जयन्ती जाड़ो महिनाको कारणले ठूलो कार्यक्रम नगरेर सानो श्रध्दाञ्जली कार्यक्रम मात्र आयोजना गरिएको जानकारी प्राप्त भएको छ। भारतीय गोर्खा नेपाली जातिको सबैभन्दा पुरानो सामाजिक र साहित्यिक संस्था गोर्खा जनपुस्ताकालय खरसाङको पदाधिकारीहरू उपस्थित भएर पारसमणि प्रधानको १२६औं जन्म जयन्ती श्रध्दाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ। यस अवसरमा समाज सेवक एंव पुस्तकालयको पूर्व अध्यक्ष तिलक शर्मा, उपाध्यक्ष प्रकाश प्रधान र ऋषि राई, कोषाध्यक्ष निरङ्कर थापा लगायत तुलसी अधिकारी, कृष्ण पाण्डे, अरूण लामा, विनोद रसाइली उपस्थित रहेर भाषा सेवक पारसमणि प्रधानको १२६औं जन्म जयन्ती पालन गरिएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement