गाडीधुरा युथ क्लबद्वारा सांगीतिक कार्यक्रम सम्पन्न

IMG_20230102_202719.jpg

खरसाङ: खरसाङको गाडीधुरा युथ क्लबद्वारा गाडीधुरा साथै वरिपरिका युवा युवतीहरुलाई लिएर सांगीतिक साँझको आयोजना गरिएको थियो। यस कार्यक्रममा पंखाबारी लंगभ्यु अम्बटे समष्टिको सभासद एवं जीटीएको मातृ एंव शिशु कल्याण विभागकी कार्यकारी सभासद कल्पना प्रधान मुख्य अतिथिको रूपमा उपस्थित थिइन्। गाडीधुरा युथ क्लबले प्रत्येक वर्ष झैं यसपाली पनि युवाहरूलाई लिएर सांगीतिक कार्यक्रम गरिएको जानकारी क्लबका प्रमुख संयोजक रहुल राईले दिएका छन्। यस कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य युवाहरूलाई ड्रग्स सेवन साथै कुलतदेखि बचाउन थियो। इन्द्रिरा शर्माले सञ्चालन गरेको सांगीतिक कार्यक्रममा डे लाइट इन्सीट्युटका साना साना नानीहरूद्वारा नृत्य प्रस्तुत गरिएको थियो भने गाडीधुरा युथ क्लबद्वारा सांगीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। क्षेत्रीय सभासद कल्पना प्रधानले गाडीधुरा युथ क्लबले यसरी कार्यक्रमको आयोजना गरेर स्थानीय कलाकारहरूलाई एउटा मञ्च दिएको बताइन् साथै यस कार्यक्रमको आयोजनाले युवावर्गलाई कुलतदेखि जोगाउने पनि जनाइन्। आफ्नो सम्बोधनमा उनले ग्रामवासीहरुलाई क्लबलाई मदत गरि दिने अपिल पनि गरिन्। जीटीएको कार्यकारी सभासद कल्पना प्रधानले आफ्नो निजी कोषबाट गाडीधुरा युथ क्लबलाई एसएससी, सीजीएल, सीएचएसएल, डब्ल्युबीसीएस जस्ता सरकारी नोकरीको परीक्षाको तयारी गर्न मोठ १८ वटा किताब दिइन् साथै उक्त किताब पढेर यस क्षेत्रका नानीहरू परीक्षामा उतीर्ण भई उच्च सरकारी पदमा रहेको हेर्न उनको इच्छा रहेको बताइन्।
गाडीधुरा युथ क्लबका सभापति रोजेस विश्वकर्म साथै सचिव बिराज लकान्दीले कार्यक्रमलाई सहयोग पुर्याउन हुने जीटिए प्रमुख कार्यपाल अनित थापा, क्षेत्रीय सभासद कल्पना प्रधान साथै कार्यक्रममा उपस्थित सम्पूर्णलाई क्लबको पक्षबाट कृतज्ञता प्रकट गरेका छन्।
गाडीधुरा युथ क्लबद्वारा आयोजित कार्यक्रममा भागोप्रमो खरसाङ महुकमा समिति संगठनिक सचिव संजोक रोका, भागोप्रमो गाडीधुरा खण्ड समिति अध्यक्ष सुवास छेत्री, समाज सेवक निरज रूम्बा, सदीप सार्की आदिको विशेष उपस्थिति रहेको थियो भनी लङ्भ्यु अम्बटे पंखाबारी समष्टिका मिडिया प्रभारी जिनोद परियारले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement