व्यवस्थाको चैकीमा बस्नेहरूले गर्दा श्रमिकहरूले दु:ख पाइरहेको छन्: डी के गुरूङ

00-1-19-38-20-DAR1

दार्जीलिङ: व्यवस्थाको चौकीमा बस्नेहरूको कारणले गर्दा श्रमिकहरूले दु:ख पाइरहेको छ भन्दै हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डी.के. गुरूङले आरोप लगाएका छन्l गएको केही दिनदेखि क्यापिटल हलमा गोर्खा स्वाभिमान संघर्षको ब्यानरमा कार्यक्रम भइरहेको छ। यसैक्रममा सोमबार जोइण्ट फोरमले चिया श्रमिकहरूले भोग्दै आइरहेको समस्याहरूलाई लिएर कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङले भने, ‘दार्जीलिङ पहाडी क्षेत्रको ७० प्रतिशत भूभागहरूमा श्रमिक मतदाताहरू बसोबासो गर्ने गर्छन्, तर हाम्रा यी श्रमिक मतदाताहरूको अवस्था सोचनीय रहेको छ। श्रमिकहरूले भोग्दै आइरहेका समस्याहरूलाई सम्बन्धित निकायसम्म पुर्याउने काम हिल जोइण्ट फोरमले गर्दै आइरहेको छl’

कार्यक्रममा गोर्खा जनमुक्ति मोर्चाको श्रमिक संगठनको पक्षबाट अध्यक्ष सुरज सुब्बा, क्रामाकपा श्रक संगठनको पक्षबाट सुनिल राई, सीपीआईएम श्रमिक संगठनको पक्षबाट सचिन खाती, दिलीप दिलपाली, हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको पक्षबाट अध्यक्ष डीके गुरूङ र सिन्कोना बगानलाई प्रतिनिधित्व गर्दै पेमा मोक्तान उपस्थित रहेका थिएl सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष गुरूङले भने, ‘गोर्खाहरूको स्वभिमानलाई यथवत राख्न गोर्खा स्वाभिमान संघर्षको ब्यार्नरमा विगत सात दिनदेखि कार्यक्रम निरन्तर रूपमा चल्दै आइरहेको छl हामी यताउता सबैतिर लथालिङ भताभङ्ग भइसकेका छौं। हामी चिया श्रमिकहरूसँग सम्बन्धित संगठनहरू भएको हुनाले गर्दा वर्तमानमा चिया श्रमिकहरूको जुन अवस्था छ, यसदेखि हामी अति नै चिन्तित छौl चिया श्रमिकहरूको स्वाभिमानलाई बचाउन हामी सडकमा ओर्लिएका हौl पहाडको व्यवस्थाको चौकीमा बस्नेहरूले चिया श्रमिकहरूको अवस्थालाई अझ बिगार्ने काम गर्दै आइरहेको छl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement