खरसाङ: आज खरसाङको धोबी खोलामा सार्वजनिक भवन निर्माणको लागि शिलान्यास कार्य सम्पन्न गरिएको छ। खरसाङ महकुमा अन्तर्गत घैयाबारी एक ग्राम पञ्चायतभित्र पर्ने धोबी खोला गाउँमा स्थानीय मानिसहरूको सुविधाको लागि सार्वजनिक भवन निर्माणको लागि आज पण्डितद्वारा भूमि पूजासहित भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ गिध्द पहाड़ समष्टिको सभापति पेमेन्द्र गुरुङको बाहुलीबाट शिलान्यास गरिएको छ। खरसाङ ईञ्जिनियरिङ विभागबाट निर्माण हुन लागेको उक्त सार्वजनिक भवनले धोबी खोला गाउँको लगभग ५०-६० घरहरूलाई सुविधा हुने भएको छ। उक्त शिलान्यास कार्यमा भागोप्रमो खरसाङ महकुमा समितिको सभापति एंव जीटीए जन सम्पर्क अधिकारी सुवास प्रधान, नारी शक्ति केन्द्रीय अध्यक्षा अनु प्रधान, भागोप्रमो खरसाङ गिध्द पहाड़ समष्टिको सचिव भक्तिमान लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो। गाउँमा सार्वजनिक भवनको निर्माण हुने भएकोमा स्थानीयहरूको पक्षमा नारी शक्ति केन्द्रीय अध्यक्षा अनु प्रधानले पत्रकारहरूसित कुराकानी गर्दै जीटीए चिफ् अनित थापालाई धन्यवाद दिएका छन्। त्यसरी नै स्थानीयहरूले पनि खुशी व्यक्त गरेका छन्।