सिलगढी: सिलगढीमा नयाँ वर्ष शान्तिपूर्ण ढङ्गमा मनाइयो।त्यस्तो ठुलो घटना भएको जानकारी पाइएन। नयाँ वर्षलाई केन्द्र गरेर सिलगढी पुलिस कमिश्नर अखिलेश चतुर्वेदीले सुरक्षा व्यवस्था अन्तर्गत विशेष तयारी गरेका थिए। ३१ दिसम्बर १ जनवरीमा सिलगढी सहरको सुरक्षा व्यवस्थालाई ध्यानमा राखेर १ हजार पुलिस कर्मी तैनाथ गरिएको थियो।शहरको सपिङ मलहरूदेखि लिएर पब, बार एवम् सड़कहरूमा पुलिसको विशेष नजर राखेको थियो। यस विषयमा पुलिस कमिश्नर अखिलेश चतुर्वेदीले भने, नयाँ वर्षको उत्सव सिलगढीमा शान्तिपूर्ण ढङ्गमा सम्पन्न भयो।यस अवधि सहरमा कुनै अप्रिय घटना नभए तापनि शान्त माहौललाई भङ्ग गर्ने प्रयास गरेको आरोपमा पुलिसले ५३ जना मानिसहरूलाई पक्राउ गरेको छ। यसको साथै रम-रक्सी खाएर वाहन चलाउनेहरू विरुद्ध कार्वाही गर्दै जरिमाना लगाइयो। ३१ दिसम्बरमा २७ जना र १ जनवरीमा २६ जना गरेर मोठ ५३ जनालाई कुटपीट एवम् भै-झगडा गरेको आरोपमा पुलिसले पक्राउ गरेको छ। पक्राउ गरेर तिनीहरूलाई अदालतमा पनि पेश गरिएको छ।