बागवानी विभागको एमओडी सभासद प्रणाम रसाइलीद्वारा बाघमारा बस्ती हुने मेला स्थलको निरीक्षण

photocollage_202312195914977.jpg

खरसाङ: जीटीएको बागवानी विभागको आयोजनामा खरसाङ महकुमा अन्तर्गत सिविटारको बाघमारा बस्तीमा हुने कृषि बागवानी मेला स्थलको बागवानी विभागको मनोनित एमओडी सभासद प्रणाम रसाइलीले आज परिभ्रमण गरेका छन्। बाघमारा बस्तीमा आगामी ९ जनवरीदेखि १२ जनवरीसम्म हुने भनिएको चार दिवसीय कृषि बागवानी मेलामा बागवानी विभागको तर्फबाट कृषकहरूका लागि के कस्तो सुविधाहरू उपलब्ध गराउन सकिन्छ साथै कृषकहरूका लागि के कस्तो कार्यक्रमहरू गर्न सकिन्छ भन्ने विषयमा आयोजक स्थलमा पुगेर निरीक्षण गरेका छन्। वागवानी विभागको एमओडी सभासद प्रणाम रसाइलीले निरीक्षण गरेको समय भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, तीनधारे महानदी समष्टिको सांगठनिक सचिव सीबी राई, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको उप सभापति जनक छेत्री लगायत अन्यहरू पनि उपस्थित रहेका थिए। उक्त निरीक्षणपछि पत्रकारहरूसित कुराकानी गर्दै बागवानी विभागको मनोनित एमओडी सभासद प्रणाम रसाइलीले यहाँ हुने चार दिवसीय कृषि बागवानी मेलामा विभागीय रुपमा च्याऊ खेती, मौरी पालन विषयमा प्रशिक्षण दिइने बताएका छन्। च्याऊ खेतीको प्रशिक्षणपछि च्याऊ खेतीको लागि जीटीएबाट सर सामानहरू वितरण गरिने पनि बताएका छन्। यसको साथै कृषकहरूलाई जीटीएको तर्फबाट विभिन्न सर सामानहरू र सहुलियतहरू पनि प्रदान गरिने भएको जानकारी गराएका छन्। सभासद प्रणाम रसाइलीले अघि भने, ‘यस मेला विषयमा मेरा मित्र एवं तीनधारे महानदी समष्टिको सभापति राजीव थापासित सम्पर्कमा नै थिए अनि आज पनि गिध्द पहाड़स्थित कार्यालयमा बागवानी विभागको अधिकारीहरूसित क्षेत्रीय सभासद नवराज छेत्री लगायत हामीले सभा गरेका छौं। यस क्षेत्रको कृषकहरूका उन्नतिका लागि यस मेलामा हामी विभिन्न कार्यक्रमहरू आयोजना गर्ने भएका छौं।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement