सभासद कल्पना प्रधानद्वारा रोहिणीको वृध्दा आश्रमको निरीक्षण अनि सहयोग प्रदान

IMG-20230102-WA0221.jpg

खरसाङ: जीटीएको मातृ एंव शिशु कल्याण विभागकी कार्यकारी सभासद एंव पंखाबारी लङ्भ्यु अम्बटे समष्टीको सभासद कल्पना प्रधानले रोहिणीको वृध्दा आश्रममा पुगेर सहयोग गरी नयाँ सालको सुरुवात् गरेका छन्।
जीटीएको कार्यकारी सभासद कल्पना प्रधानले सर्वप्रथम रोहिणीको जगदम्बा मन्दिरको दर्शन गरेर रोहिणीको कोठीडाँड़ाको पाइलाधुरास्थित वृध्दा आश्रममा राशन पानी लगेर सहयोग गरेका छन्। उनले वृध्दा आश्रममा रहेका वृध्द वृध्दाहरूलाई भेट गरी नयाँ वर्षको शुभकामना प्रदान गर्दै सहयोग पनि गरेका छन्। सभासद कल्पना प्रधानले चामल, दाल, साग सब्जीहरू, मासु लगायत अन्य सामानहरू सहयोग गरेको जानकारी प्राप्त भएको छ। यस अवसरमा सभासद कल्पना प्रधानले वृध्दा आश्रममा पुगेर वृध्द वृध्दाहरूसित भेटघाट गर्दा खुशी लागेको अनि मनमा आनन्द महसुस भएको बताएकी छन्। उनले नयाँ वर्षको अवसरमा वृध्दाहरूका सेवा गर्न पाउँदा खुशी व्यक्त गरिन्। उनले वृध्दा आश्रममा के कस्तो असुविधाहरू छन् त्यसको पनि जानकारी लिएकी थिइन् भने वृध्दा आश्रमको सञ्चालनकर्ता उषा तामाङले गरेका सेवाको सराहना पनि गरिन्।

वृध्दा आश्रमको विभिन्न समस्याहरू विषयमा सञ्चालककर्ता उषा तामाङले सभासद कल्पना प्रधान समक्ष पूर्ण जानकारी गराएकी छन्। सभासद कल्पना प्रधानसित रोहिणी ब्लक भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका सचिव कल्याण राणा, मुख्य सलाहकार थेबा बल, किरण मोक्तान अनि संजीव बम्जन र हिल तराई प्राथमिक स्वयं सेवक शिक्षक संगठन केन्द्रीय समितिका अध्यक्ष सुन्दर राईको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement