नवौं मिलनमोड़ गोल्ड कपः दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी सेमिफाइनलमा

IMG_20230102_190439.jpg

मधुर मिलन संघ, मिलनमोड़को तत्त्वावधानमा आयोजित नवौं मिलनमोड़ गोल्ड कप फूटबल टुर्नामेण्टमा गत सालको उपविजेता दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए)-ले टाईब्रेकरमा रोमाञ्चक जीतको साथ सेमिफाइनलमा स्थान बनायो। सोमवार मिलनमोड़ खेल मैदानमा भएको दोस्रो क्वार्टर फाइनल म्याचमा डीएसए-ले कञ्चनजंघा फूटबल क्लबलाई टाईब्रेकरमा ४-३-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा कञ्चनजंघा एफसी-बाट अरुण तामाङ र डीएसए-बाट सुजीत सिंहले गोल गरे। डीएसए-का गोलकीपर योगेश लामालाई प्लेयर अव् द म्याच चयन गरियो।

अब मंगलवार खेलिने तेस्रो क्वार्टर फाइनल म्याचमा दार्जीलिङ युनाइटेड र एमएमएफसी निरपानीबीच भिड़न्त हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल ५ र ६ जनवरीमा हुनेछ। यसरी नै फाइनल ८ जनवरीमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement