सिलगढी: नयाँ वर्षको पहिलो दिन कुचबिहारको माथाभाङ्गामा खेतमा बम विस्फोट हुँदा एक बालक गम्भीर घाइते भएका छन्। बालकलाई तत्कालै स्थानीय अस्पतालमा उपचारका लागि लगिएको थियो। तर अवस्था गम्भीर देखेर तिनलाई सिलगढीको नर्सिङ होममा ल्याइएको छ। सिलगढी प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
बालकको हाल सिलगढीको नर्सिङ होममा उपचार भइरहेको छ। अस्पताल स्रोतअनुसार बालकको अवस्था चिन्ताजनक रहेको छ। तिनलाई अहिले आईसीयूमा राखिएको छ।