जलपाइगढी: रेलको ठक्करबाट एक अधबैंसे व्यक्तिको मृत्यु भएको छ। घटना सोमबार जलपाइगढी रोड स्टेशन नजिकै डेंगुझार बजारको अगाडि भएको हो। रेलमार्गमा भएको हो। घटनास्थलमै मृत्यु भएको स्थानीयको दाबी छ। तत्कालै रेल प्रहरी घटनास्थल पुगि शवलाई उद्दार गरि पोस्टमार्टमका लागि लगिएको छ। मृतकको नाम भने खुल्न सकेको छैन। लामो दूरीका रेलहरू स्टेशनबाट बीच-बीचमा गुड़्ने गर्छ। ती व्यक्ति रेल आउनुअघि नै रेल लाइन अगाडि उभिएको स्थानीयले बताएका छन्। रेलको ठक्करबाट एकजनाको मृत्यु भएको छ। व्यक्तिले आत्महत्या गरेको प्रारम्भिक अनुमान छ। यद्यपी घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। प्रत्यक्षदर्शी सुब्रत धरले भने, “यस व्यक्तिले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ। शव रेल लाइनमा परेको थियो। पछि आएर शव निकाल्यौं।”