दार्जीलिङ: बिधायक निरज जिम्बाद्वारा दार्जीलिङ बिधानसभा क्षेत्रका विभिन्न क्षेत्रमा बिधायक इलाका उन्नयन प्रकल्प योजना अन्तर्गत स्थानीय क्षेत्र विकास योजना कोषबाट विकासका कार्यहरू जारी रहेका छन्। यसैक्रममा नयाँ बर्षको अवसरमा दार्जीलिङ नगरपालिका अन्तर्गत लालकोठी कल्याण समिति वार्ड नम्बर ११ मा सामुदायिक खानेपानी आपूर्तिको निम्ति खानेपानी ट्याङ्की निर्माण साथै पानीको निम्ति जीआई पाइप बिछ्याउने कार्य अनि खानेपानी क्षेत्रको संरक्षणको निम्ति फेन्सिङ गर्ने कार्य सम्पन्न भएका छन्। बिधायक इलाका उन्नयन प्रकल्प योजना अन्तर्गत स्थानीय क्षेत्र विकास योजना कोषबाट २०२१/२०२२ दार्जीलिङ नगरपालिकाको क्षेत्राधिकार अन्तर्गत रुपियाँ ५,००,०००/- को अनुमानित राशीको लागतमा निर्माण गरिएको बिधायक स्थानीय क्षेत्र विकास योजना कोषको कार्य सफलतापूर्वक सम्पन्न भएको छ। बिधायक जिम्बाद्वारा थप जानकारी गराउदै विकास कार्य सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै उनले भने , उक्त क्षेत्रमा लामो समयदेखि खानेपानी ट्याङ्की निर्माण गर्न आवश्यक रहेका कारण त्यस क्षेत्रका जनताले मलाई जानकारी गराएपछि मेरो तर्फबाट यो सानो परियोजना दार्जीलिङ बिधानसभा २३ अन्तर्गत कल्याण विकास समिति लालकोठीका जनतालाई समर्पित गर्न पाउँदा खुशी छु भनि बिधायक जिम्बाले जनाएका छन् ।यसैक्रममा बर्ष २०२१/२०२२ को बिधायक इलाका उन्नयन प्रकल्प योजना अन्तर्गत स्थानीय विकास योजना कोषबाट सुखिया पोखरी खण्ड विकासअधिकारीको क्षेत्राधिकार अन्तर्गत रुपियाँ . २,४२,६५७.३५/- को अनुमानित राशीकोलागतमा पर्मागुडी रामजी बस्तीको सडक मार्ग निर्माण कार्य सम्पन्न भएको छ।

यो पौनी सडक निर्माण उक्त क्षेत्रका जनताको लामो समयदेखिको माग थियो ।यसैगरी बिधायक इलाका उन्नयन प्रकल्प योजना अन्तर्गत स्थानीय विकास योजना कोषबाट बर्ष २०२१/२०२२ अन्तर्गत मार्फत रिम्बिक लोधोमा समष्टि अन्तर्गत झेपी सुम्बुक शाखाभित्र छरछरे खोलामा मुर्दाहट्टी निर्माण कार्यको निम्ति भुमि पुजा समष्टि उपाध्यक्ष एन. डी. राईको बाहुलीबाट समष्टी अध्यक्ष सदिप लिम्बु, पासाङ तामाङ, सि.बी. राई, एम लिम्बु , गोपाल लामा आदिको विशेष उपस्तिथिमा गरिएको समष्टि अध्यक्ष सन्दिप लिम्बुले जानकारी दिएका छन्।