रोहितको कप्तानीमा वर्ल्ड कपको निम्ति २० जना खेलाड़ीहरूका पूल तयार

IMG-20230102-WA0098.jpg

वनडे अनि टेस्ट क्रिकेटमा रोहित शर्माको कप्तानीलाई अहिले कुनै खतरा छैन कारण खेलको पारम्परिक प्रारूपहरूमा उनको कप्तानीमा केही असन्तोषजनक देखिएको छैन। भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-का शीर्ष अधिकारीहरूका यस्तै सोच रहेको छ। टीमका कप्तान रोहित शर्मा र प्रशिक्षक राहुल द्रविड़ले आइतवार बीसीसीआई सचिव जय शाहद्वारा बोलाइएको समीक्षा बैठकमा हिस्सा लिए। बैठकमा गत चयन समितिका प्रमुख चेतन शर्मा, नेशनल क्रिकेट एकाडमीका प्रमुख भीभीएस लक्ष्मण र बोर्ड अध्यक्ष रोजर बिन्नी पनि रहेका थिए। अहिले बीसीसीआई-को ध्यान वर्ल्ड टेस्ट च्याम्पियनशीपमा रहेको छ अनि भारतले फाइनल खेल्ने प्रबल सम्भावना रहेको छ। यसको साथमा बोर्डको नजर यस साल हुने वनडे वर्ल्ड कपमा पनि रहेको छ। टी२० टीमका कार्यवाहक कप्तान हार्दिक पाण्ड्याले चाहिँ बैठकमा भाग लिएनन्। श्रीलंका विरुद्ध मंगलवारदेखि शुरु हुने टी२० सीरीजको निम्ति हार्दिक अहिले मुम्बईमै छन्। बीसीसीआई-का एकजना शीर्ष अधिकारीले भने, रोहितले अहिले वनडे र टेस्ट टीमको कप्तानी गरिरहेका छन्। यी दुई प्रारूपमा कप्तानको रूपमा उनको भविष्यलाई लिएर कुनै चर्चा भएन। टेस्ट र वनडे क्रिकेटमा कप्तानको रूपमा उनको असल रेकर्ड रहेको छ।
यसको साथमा बोर्डले वनडे वर्ल्ड कपलाई ध्यानमा राखेर २० जना खेलाड़ीहरूका पूल पनि तयार गऱ्यो। यी खेलाड़ीहरूलाई वर्ल्ड कपसम्म रोटेशनमा मौका दिइनेछ। बैठकपछि शाहले भने, बीसीसीआई-ले २० जना खेलाड़ी चयन गरेको छ। उनीहरूलाई ५० ओभरहरूका वर्ल्ड कपसम्म रोटेट गरिनेछ। समीक्षा बैठकमा हिस्सा लिने चेतन शर्मा फेरि सीनियर राष्ट्रिय चयन समितिका अध्यक्ष बन्न सक्छन्। अध्यक्ष बन्न नसके पनि उनी उत्तरी क्षेत्रका प्रतिनिधि बन्न सक्छन्। चेतन शर्मालाई २०२३ वर्ल्ड कपको तयारीको निम्ति रोडम्याप तयार गर्नमा सामेल गर्नु नै ठूलो संकेत हो। दक्षिण क्षेत्रको निम्ति पूर्व पेस बलर भेंकटेश प्रसादको नाममा चर्चा चलिरहेको छ। बीसीसीआई-का अधिकारीले भने, चेतन शर्मालाई नभनिएको भए उनले पदको निम्ति आवेदन नै गर्ने थिएनन्। यो नै ठूलो संकेत हो। भारतले दश महिना पछि वर्ल्ड कप खेल्नेछ। चेतन र हरविन्दरको उपस्थितिले तीन नयाँ सदस्यहरूसँग निरन्तरता बनिरहनेछ। सूत्रबाट थाहालागेअनुसार, पूर्वी क्षेत्रबाट शिवसुन्दर दासलाई चयन गरिनेछ। उनीसँग २१ वटा टेस्ट म्याचको अनुभव रहेको छ। पश्चिम क्षेत्रबाट गुजरातका मुकुन्द परमार, सलिल अंकोला र समीर दिघे दौड़मा सामेल छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement