चेल्सीको ड्र अनि टोटनह्यामको हार

IMG-20230102-WA0092.jpg

ईंग्लिश प्रीमियर लीग (ईपीएल)-मा आइतवार राति दुईवटा अप्रत्याशित परिणाम अघि आयो। एकातिर टोटनह्याम हट्स्पर हारको सम्मुखीन भयो भने शक्तिशाली चेल्सी चाहिँ निराशाजनक ड्र-मा अल्झियो। चेल्सीलाई नटिंघम फरेष्टले १-१-को ड्र-मा रोक्यो। आफ्नो होम ग्राउण्डमा केवल २७ प्रतिशत पोजेशनको साथ खेले पनि नटिंघम फरेष्टले चेल्सीलाई बारम्बार सतायो। म्याचमा चेल्सीको शुरुवात असल रह्यो। रहीम स्टर्लिंगले १६औं मिनटमा गोल गरी चेल्सीलाई बढ़त दिलाए। हाफ टाइमसम्म चेल्सी अघि रहेको थियो तर दोस्रो हाफको खेलमा होम टीमले बराबरी हासिल गऱ्यो। म्याचको ६३औं मिनटमा सर्गे अरियरले गोल गरी म्याचलाई १-१-को बराबरीमा पुऱ्याए। यस निराशाजनक ड्र पछि चेल्सी १६ वटा म्याचमा २५ पोइण्टको साथ प्रीमियर लीग टेबलको आठौं स्थानमा कायम रह्यो। यसरी नै १८औं स्थानमा रहने नटिंघम फरेष्टसँग १७ वटा म्याचमा १४ पोइण्ट रहेको छ। टोटनह्यामले चाहिँ एस्टन भिल्ला विरुद्ध ०-२-ले हारको सामना गर्नु पऱ्यो। आफ्नो होम ग्राउण्डमा ६० प्रतिशत पोजेशनको साथ खेले पनि टोटनह्यामले गोल गर्न सकेन। म्याचमा एस्टन भिल्लाबाट एमी बुएण्डिआले ५०औं र डगलस लुइजले ७३औं मिनटमा गोल गरे। यस जीतपछि एस्टन भिल्ला १७ वटा म्याचमा २१ पोइण्टको साथ १२औं स्थानमा रहन पुग्यो। यसरी नै पाँचौं स्थानमा रहने टोटनह्यामसँग ३० पोइण्ट रहेको छ। प्रीमियर लीगमा अहिले आर्सनल १६ वटा म्याचमा ४३ पोइण्टको साथ शीर्ष स्थानमा रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement