सिलगढी- मानव जीवनमा धर्म र कर्मको समन्वय हुनु आवश्यक छ। भौतिक र आध्यात्मिक कार्यको समन्वयले नै जीवन सफल हुने भएकोले मानवले भौतिक कार्यहरुसंगै आध्यात्मिक कार्य पनि गर्नु अनिवार्य रहेको छ। उक्त मन्तव्य मानव धर्मका प्रणेता सदगुरुदेव श्री सतपालजी महाराजले आज मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्रद्वारा मानव धर्म आश्रम , उत्तर पलास , मझुवा गाउँ सिलगढी/ सालुगढामा आयोजित दुइ दिवसीय सदभावना सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै मानव धर्मका प्रणेता सदगुरुदेव श्री सतपालजी महाराजले व्यक्त गरेका हुन्। आफूभित्रको ईश्वरीय शक्ति जसद्वारा जीवन सञ्चालित भईरहेको हुन्छ। शरीरलाई सञ्चालन गर्ने प्राण शक्ति तथा आत्मा तत्वको अनुभूति गर्नु तथा जीवन छँदै आफूले आफैलाई जान्नु नै धर्म र अध्यात्मको सार रहेको कुरो श्री महाराजजीले बताउनुभयो। यस नयाँ वर्षमा जन- जनमा आत्माज्ञानको प्रचार – प्रसार गर्ने उनले आफ्ना अनुयायीहरू र मानव उत्थान सेवा समिति र मानव सेवा दलका कार्यकर्ताहरूलाई निर्देशन पनि दिएका थिए। समापन समारोहलाई माता श्री अमृताजीले पनि सम्बोधन गर्दै सबैलाई सदैव नियमित तालिका अनुसार ध्यान साधना गर्ने आह्वान गरिन्। सम्मेलनलाई महात्मा मणि बाईजी, महात्मा विलासानन्दजी, महात्मा चमेली बाईजी, डा.जे.पी.अग्रवालले पनि आ- आफ्ना जीवनका आध्यात्मिक अनुभूतिहरू साझा गरेका थिए।नयाँ वर्ष एवम् सम्मेलनको समापनको सुअवसरमा श्री सतपालजी महाराज एवम् दिव्य परिवारलाई समिति, सेवा दल लगायत अतिथिहरुले माल्यार्पण गरेका थिए। आज पनि बालसभा र युवा प्रकोष्टका भजन गायक कलाकारहरू विभिन्न भाषामा भजन, नृत्य र नाटक आदि प्रस्तुत गरेका थिए। ३१ दिसम्बर रातको १२ बजी पूरा भएपछि मानव धर्मका प्रणेता एवम् उत्तराखण्ड राज्यका क्याविनेट मन्त्री सदगुरुदेव श्री सतपालजी महाराजले नयाँ वर्षलाई आफ्ना परिवार र भक्त समुदायको साथमा भव्य स्वागत जनाए। । प्रत्येक वर्ष नै नयाँ सालको उपलक्ष्यमा सिलगढीमा सम्पन्न हुने सदभावना सम्मेलनलाई सम्बोधन गर्न श्री महाराजजी सिलगढी आउने गर्छन्। भारतका विभिन्न प्रान्तहरुमा श्री महाराजजीका अनुयायीहरू सिलगढीमा भन्दा पनि धेर संख्यामा रहे तापनि प्रत्येक वर्ष सिलगढीमा नै नयाँ वर्ष मनाउनुको कारण दार्जीलिङ पहाड, सिक्किम, भोटाङ एवम् तराई डुवर्सका भक्तहरूप्रति श्री जगतजननी माताजीको असीम प्यार साथै यहाँको भक्तहरुको अपार भक्ति भावको कारणले श्री महाराजजी आफ्ना दिव्य परिवारको साथमा प्रत्येक वर्ष नयाँ वर्षमा सिलगढी / सालुगढामा सम्पन्न हुने सदभावना सम्मेलनमा उपस्थित हुने गर्छन् । सदभावना सम्मेलनको प्रथम दिनको समापनमा ३१ दिसम्बर राती १२ बजी वर्ष २०२२ लाई बिदाई दिँदै नयाँ वर्ष २०२३ लाई स्वागत स्वरूप श्री सतपालजी महाराजजीको बाहुलीबाट एउटा मोम बत्ती जलाएर सोही मोम बत्तीबाट दिव्य परिवार एवम् उपस्थित हजारौं- हजार भक्त समुदायले मोम बत्ती जलाएर नयाँ वर्षलाई भव्य स्वागत जनाएका थिए। नयाँ वर्षको स्वागतमा दीप प्रज्वलनको सम्बन्धमा श्री महाराजजीले भन्नुभयो कि जसरी एउटा मोम बत्तीबाट हजारौं- हजार दीप जलाउन सकियो उसरी नै आत्मा ज्ञानलाई पनि एकदेखि अनेकमा फैलाउनु सकिन्छ। आज दिनभरि नै भक्त समुदायले श्री महाराजजी र दिव्य परिवारको चरण दर्शनको लाभ उठाउनका साथै आध्यात्मिक पुस्तकहरू र आयुर्वेदिक दवाईहरू किन्न मानिसहरू भीड लागेका थिए। सम्मेलनको समापनको सुअवसरमा उत्कृष्ट सेवा गर्ने विभिन्न् विभागका स्वयंसेवक- सेविकाहरूलाई पारितोषिक दिनका साथै समितिका अग्रज कार्यकर्ताहरूलाई सम्मान पनि जनाइएको थियो।।