गोरूबथान सोमबारे बजार न्यु स्पोर्टिङ क्लबद्वारा आयोजित नकआउट फुटसल टुर्नामेन्टको फाइनल खेल समपन्न

IMG_20230102_103319.jpg

गोरूबथान: गत १३ दिसम्बर २०२२ देखि न्यु स्पोर्टिङ क्लबद्वारा खेलाइएको नकआउट फुटसल टुर्नामेन्टको चुडान्त फाइनल खेल बाबरी प्राथमिक पाठशाला खेल मैदानमा भव्यताको साथ सम्पन्न भयो। युवा खेलाडीहरूलाई प्रहोत्सानार्थ हेतु प्रत्येक बर्ष नै यस क्लबले फुटसलको आयोजना गर्ने गर्दछ।यस टुर्नामेन्टको चुडान्त फाइनल खेल वर्षको अन्तिम दिन ३१ दिसम्बरमा सम्पन्न हुने गर्छ। बडो उत्साहको साथमा क्षेत्रीय एवं वरिपरिका जनमानसले वर्षको अन्तिम दिनलाई विदा गर्दै उक्त टुनामेन्टको मनोरञ्जन लिदै खेलाडीहरूलाई होला प्रदान गर्ने गर्छन्। त्यसरी नै उक्त टुर्नामेन्टको चुडान्त फाइनल खेलमा ए डिभिजनबाट अफिट ७ अनि सिलगढीमाझमा भिडन्त थियो भने बि डिभिजनबाट ढिपडाडा बनाउन न्यु स्पोर्टिङ क्लब माझमा भिडन्त थियो। त्यसरी नै सी डिभिजनबाट न्यु स्पोर्टिङ क्लब बनाम ऋषि व्वाइज माझमा भिडिन्त थियो। यस खेल अवधिभरि सबै खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए भने उक्त चुडाँन्त खेलको आनन्द लिन दर्शकहरूको घुइँचो रहेको थियो।चुडान्त फाइनल खेलको मुख्य अतिथिको रुपमा गोरूबथान, ४३ न. समष्टि सभासद रतन थापा विशेष रूपमा उपस्थीत थिए। त्यसरी नै विभिन्न रंगारंग कार्यक्रम सहित सम्पन्न उक्त चुडाँन्त खेलमा विशिष्ट अतिथिको रूपमा नरेश सुनाम (ट्रफीदाता), ओमप्रकाश कार्की, निमा लामा (उपसभापति, भागोप्रमो, ४३ न. समष्टि-१), राजु घिमिरे, असिम राई (सांगठनिक सचिव, भागोप्रमो, ४३ न. समष्टि जोन-१), राजेन गुरूंग, सतेन लामा, सञ्जीव खनाल, ज्ञानबहादुर रसाईली, ओमप्रकाश गुप्ता आदि उपस्थीत थिए।

आयोजक समितिको पक्षबाट उक्त खेललाई सफल्तापूर्वक सम्पन्न गराउन धेरै ब्यक्ति विशेषको सहयोग रहेको छ भन्दै सबै सहयोगीहरूप्रति आयोजक समितिको पक्षबाट आभार ब्यक्त गरेका छन् भने विशेषरूपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन, मुख्य कार्यपाल अनित थापा, राजेस चौहान (सभासद), योगेन्द्र प्रधान (सभासद), दावातेन्जी शेर्पा (समासद), नोर्देन शेर्पा (सभासद) र कालिम्पोंग विधानसभा २२ विधायक रूदेन साडा लेप्चा प्रति विशेष विशेष धन्यवाद टक्राएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement