भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, कालीझोड़ा शाखाको तत्त्वावधानमा आयोजित गोपाल प्रधान स्मृति विनर ट्रफी अनि शहीद उत्तम प्रधान स्मृति रनर अप् ट्रफी ओपन नक्आउट फूटबल टुर्नामेण्टमा नेताजी युथ क्लब (एनवाईसी), सेभोक च्याम्पियन भयो । कालीझोड़ा फूटबल मैदानमा शनिवार भएको दोस्रो फाइनल म्याचमा एनवाईसी-ले मनजीत इलेभेन (मिलनमोड़)-लाई ४-०-ले पराजित गऱ्यो। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक विनर ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक विनर ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

व्यक्तिगत पुरस्कारहरूमा मनजीत इलेभेनका राहुल छेत्रीले प्लेयर अव् द टुर्नामेण्ट (ट्रफी अनि ५ हजार रुपियाँ) र साहिल प्रधानले बेस्ट डिफेण्डरको पुरस्कार (ट्रफी अनि १ हजार रुपियाँ) जिते। यसरी नै एनवाईसी-का खेलाड़ीले बेस्ट गोलकीपर (ट्रफी अनि १ हजार रुपियाँ) र ड्याडी- ले प्लेयर अव् द म्याचको पुरस्कार (ट्रफी अनि २ हजार रुपियाँ) जिते। हाईएस्ट स्कोरर (४ गोल)-को पुरस्कार सेभोक फूटबल एकाडमीका राज लामा (ट्रफी अनि १ हजार रुपियाँ)-ले जिते। यसरी नै भेटरन्स टुर्नामेण्टको फाइनलमा रोयल एफसी भेटरन्सले मनजीत सिंह भेटरन्सलाई टाईब्रेकरमा पराजित गरी खिताब जित्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन।