कसैले विश्वमा परिवर्तन चाहन्छ भनेउसले सर्वप्रथम आफैमा परिवर्तन ल्याउनु पर्छः सतपाल महाराज

photocollage_20231123175864.jpg

सिलगढी:: जब आफुमा परिवर्तन आउँछ विश्व अनि समाजमा स्वतः परिवर्तन आउँछ र विश्व मानव समाजमा शान्ति, एकता, सद्भावना आउनेछ। मानव उत्थान सेवा समिति, उत्तरपूर्वाञ्चल क्षेत्र सिलगढीद्वारा सालुगढामा आयोजित दुईदिवसीय सद्भावना सम्मेलनको शनिवार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मानव धर्मका प्रणेता सतपाल महाराजले यसो भनेका हुन्। सतपाल महाराजले सिक्किम राज्य, दार्जीलिङ पहाड लगायत डुवर्स तराई क्षेत्रमा पर्यटनको प्रचुर सम्भावना रहेको पनि बताए। स्थानीय क्षेत्रको भौतिक विकासमा पर्यटनको महत्त्वपूर्ण भूमिका हुनसक्ने महाराजले बताए। उपस्थित अपार जनसमूहलाई सम्बोधन गर्दै महाराजले सन् १९८५ मा यही सिलगढीबाट दार्जीलिङ पहाड सिक्किमको राजधानी गान्तोकसम्म नेपाली भाषालाई देशको संविधानको आठौ अनुसूचीमा मान्यता दिलाउन पन्ध्र दिन लामो पदयात्रा गरेको स्मरण गरे ।नेपाली भाषाको सम्बर्द्धनको लागि सबैलाई काम गर्ने आह्वान गर्दै आफ्नो पक्षबाट पनि यथासक्य सहयोग गर्ने वचन महाराजले दिए महाराजले सम्बोधनमा स्थानीय भाषा, साहित्य, संस्कृतिको संरक्षणसँगै आध्यात्मिक विकासमा पनि ध्यान दिनु पर्ने सुझाव दिए। दुई दिवसीय सद्भावना सम्मेलनको यस उद्घाटन कार्यक्रमको अवसरमा सिक्किम, दार्जीलिङ, डुवर्सका मानव सेवा दल, युवा प्रकोष्ठ, बालसभा प्रकोष्ठ र खरसाङका हंस ब्याण्डले प्रतियोगितात्मक परेड प्रस्तुत गरेको थियो यसैगरी नेपाली, हिन्दी, बङ्गला, साद्री, जोखा आदि भाषाका कलाकारहरू आ-आफ्ना सांस्कृतिक नृत्यहरु मारुनी नृत्य, सिङ्गगी नृत्य, साद्री नृत्य आदि प्रस्तुत गरिएको थियो। परेडमा उत्कृष्ट प्रदर्शन गर्न सफल भएका दार्जीलिङ मानव सेवा दललाई प्रथम, सिक्किमलाई दोस्रो र डुवर्सलाई सतपाल महाराजको बाहुलीबाट तेस्रो स्थान ओगटेकोमा पारितोषिक प्रदान गयो। यस अवसरमा माता अमृताजी, विभूजी महाराज, सुयशजी महाराज, माता आराध्याजी, माता मोहिनाजी आदिको पनि विशेष उपस्थिति थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *