बर्फोकमा आयोजित फुतसल प्रतियोगिताको समापन

IMG-20230101-WA0606.jpg

गेजिङ: पश्चिम सिक्किम गेजिङ बर्मेक निर्वाचन क्षेत्र अन्तर्गत बर्फोक याङसुम टेरिटोरियलको चन्दाबोङ बर्फोक वार्ड नं १ ग्राम पञ्चायत इकाईमा गत ११ दिन अघिदेखि शुरूवात भएको स्व बिशाल सुब्बाको स्मृतिमा फुत्सुल खुल्ला लाते-भकुण्डो खेल प्रतियोगिताको आज समापन भयो। यस कार्यक्रमका मुख्य अतिथि रंगीत नगरका अध्यक्ष राम कुमार छेत्री रहेका थिए भने साथमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको चेली संयोजिका कमला सुब्बा, समष्टि स्तरीय युवा उपाध्यक्ष गणेश गुरूङ, धुर्ब सुब्बा पूर्व पञ्चायत विष्णु थापा लगायत अन्यको उपस्थिति रहेको थियो। यस कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि राम कुमार छेत्रीले यो चिन्दाबुङ पहिला केवल भैंसी गाई चराउने जगा थियो भने वर्तमान सरकारको कार्यकालमा यस स्थानलाई विकसित गरेर यो जगाको विकास गरेको जानकारी दिए। यहाँवाट गेजिङ बर्मेक जोडने वर्तमान सरकारले दुईवटा पुल निर्माण गरेर स्थानीय नागरिकहरूलाई सुलभ गरेको बताए। उनले अन्य धेरै विकासीय काम गरि रहेको उदाहरण दिदै यसको निम्ति मुख्यमन्त्री साथै क्षेत्र विधायकलाई धन्यवाद दिए। यस खेलको निम्ति जमिन प्रदान गर्ने जमिनदाता विष्णु थापालाई स्व बिशाल सुब्बाको परिवारको तर्फबाट कृतज्ञता व्याक्त गरेका थिए। यस अतिरिक्त उनले आज चन्दाबुङको नाम सिक्किममा मात्र नभएर विश्वमा नै पुर्‍याउन वर्तमान सरकारले पर्यटन क्षेत्रमा पनि विकास गरिरहेको थप बताए। गत २० दिसम्बर देखि सम्पन्न भएको स्व बिशाल सुब्बा स्मृति खुला फुटबल खेल बर्फोक फुटबल क्लब बनाम गेजिङ बिच सम्पन्न भएको थियो जसमा बर्फोक फुटबल क्लब विजय भएको छ भने मुख्य अतिथिको बाहुलीवाट आकर्षक ट्रफी सहित विजेता दललाई ३० हजार र उपविजेता दललाई २० हजार प्रदान गरिएको थियो। आजको कार्यक्रममा मनोरञ्जनको निम्ति विभिन्न खेलकुदको पनि आयोजना गरिएको थियो भने रंगा रंग संस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो।

About Author

Advertisement