कालचिनी – शनिबार साँझ बेला हाँसीमारा आउटपोस्ट अन्तर्गत पर्ने मधु र साताली बस्ती सीमा क्षेत्रमा सामुहिक जलसा चलिरहेको समय एकजना युवक अभिषेक उराँव ( १९) को कुटपीटमा हत्या भएको घटना प्रकासमा आएको छ।
घटनास्थलमा पुलिस पुगेर उक्त युवकको मृतदेह उद्धार गरेर थानामा ल्याएको थियो भने आज पोस्टमार्टममा पठाएको बताईएको छ। घटना सम्बन्धमा पुलिसले जाँच चलिरहेको र कोही पक्राउ नपरेको बताएका छन्। स्थानीय सुत्रबाट थाहा लागे अनुसार उक्त युवक एकजना असामाजिक काममा लिप्त थिए भने सम्भवतः जुन स्थानमा घटना भयो त्यहाँ शायद कुनै पार्टी खाइरहेको समूहसित झगड़ा हुँदा युवकको हत्या भएको हुनसक्ने आशंका पुलिसले गरेका छन्।