वीरपाडा- लङ्कापाड़ा चियाबारीस्थित मिनीलैण्ड स्कूलको १७ औं वार्षिक खेलकूद प्रतियोगिता एकदमै व्यवस्थित ढंगले शान्ति क्लबको खेल मैदानमा सम्पन्न भयो। उक्त खेलकूद प्रतियोगिताको पहिलो चरणमा अतिथि सत्कार, राष्ट्र ध्वजारोहण, राष्ट्रगान र परेड रहेको थियो भने दोस्रो चरणमा विभिन्न स्तरका खेल लगायत विविध सांस्कृतिक नृत्य, कराँते प्रदर्शन र विद्यार्थीहरूद्वारा हस्तकला प्रदर्शनीले उक्त प्रतियोगिताको गरिमा अझ बढ़ेको थियो। मुख्य अतिथिका रुपमा वीरपाड़ा नेपाली उच्च विद्यालयका भूतपूर्व भारप्राप्त प्रधानाचार्य तथा डुवर्स नेपाली साहित्य विकास समिति अनि हाम्रो समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठ ,वर्तमान भारप्राप्त प्रधानाचार्य अनुपकुमार शर्मा, समाजसेवी जुगेश राई, विशाल गुरुङ विशेष अतिथिका रुपमा शिक्षक सुभाष छेत्री, समाजसेविका दुर्गा गुरुङ, हर्कु तामाङ, बुद्धिमान लामा, शनि तामाङ, शिवराज थापा, स्वागण थापा, सन्तोष राई, अमीर सुब्बा, उमेश प्रधान, अशोक थापा, निर्मल थापा, मिनी थापा, बिक्रम थापा, मुकेश थापा, सब इन्स्पेक्टर प्रीबेनट लामा, लङ्कापाड़ा बजार आउट पोस्ट प्रभारी बलईचन्द्र सरकार, लङ्कापाड़ा सीमा सुरक्षा बल प्रभारी ए. एस. आई. मनोज सरकार, दिलबहादुर सुनुवार, सुनील मोक्तान, कैलाश याखा, डम्बर तामाङ, उदय मोक्तान, ज्योति मोक्तान, साजन थापा, अशोक प्रधान, अनिल लामा, जोन गुरुङ, स्वराज सोसाइटीका सदस्यगण लगायत विभिन्न संघ संस्थानबाट विशेष व्यक्तित्त्वगणको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन स्कूलका सहशिक्षक सुनील दर्नाल, अनिल कुमार महेश्वरी, कुबीर लिम्बु र बिकास छेत्रीले गरेका थिए। विद्यार्थी र अभिभावकवर्गमा नव चेतना भर्ने सम्भाषण मुख्य अतिथि कृष्णबहादुर श्रेष्ठको रहेको थियो भने अन्तमा स्कूल प्राचार्य विनोद मोक्तानले स्कूल परिचालन समितिको पक्षबाट सम्पूर्ण अतिथि, अभिभावक, शुभचिंतक र दर्शकवृन्दमा सहृदय आभार सहित कृतज्ञता व्यक्त गरे।