अखिल भारतीय महायाण बौद्ध म्हाणीपा संघको तीन दिवसीय बार्षिक सम्मेलनको समापन

5e2e9db2-10b4-48b2-a396-2f30c4a9a553


कालचिनी – गत २९ दिसम्बरको दिनदेखि आरम्भ भएको अखिल भारतीय महायाण बौद्ध म्हाणीपा संघको ३०औँ सोजोङ ञ्युङ्ने उपषोध तथा बार्षिक सम्मेलनको समापन आज भव्यरुपमा भएको जानकारी संघको महासचिव आचार्य सांग्ये छ्योफेलले दिएका छन्। आईतबार बिहान ४ बजी ञ्युङ्ने व्रत समाप्ति पश्चात दिउँसो संघको बार्षिक सम्मेलन सम्पन्न भएको थियो भने प्रमुख अतिथिको रुपमा अन्तर्राष्ट्रिय बौद्ध महासंघ दिल्लीबाट डा. भान्ते धम्मप्रिय उपस्थित रहेको थियो भने अन्यान्य विशिष्ट अतिथिहरूको उपस्थितिमा प्रथमत संघको बार्षिक मुखपत्र करुणाको लोकार्पण गरीएको थियो भने संघको भूतपुर्व महासचिवहरू क्रमैले गोपाल मोक्तान, श्याम थोकर, जंगबीर बम्जन र अर्जुन स्याङबोलाई महागुरु ख्येनछेन रेम्बोर्छे आचार्य सांग्ये ल्हुडोको करकमलबाट सम्वर्द्धना प्रदान गरिएको थियो। यसैगरी संघको पक्षबाट स्वागत वक्तव्य स्वयं महागुरु ख्येनछेन रेम्बोर्छे आचार्य सांग्ये ल्हुडोले राखेको थियो भने क्रमैले उपस्थित मुख्त अतिथि लगायत अन्यान्य अतिथिहरूले आ-आफ्नो विचार राखेको थियो।


संघको मिडिया सचिव प्रेम मोक्तानको सञ्चालनमा सम्पन्न सो सत्रहमा आयोजक कमिटीको पक्षबाट संघको झण्डा, राष्ट्रिय झण्डा र पञ्चशीलको झण्डा महागुरु ख्येनछेन रेम्बोर्छे आचार्य सांग्ये ल्हुडोलाई सुम्पिएको थियो भने पुनः महागुरुको करकमलबाट आगामी बर्ष २०२४ मा ३१औँ राष्ट्रिय सम्मेलनको निम्ति सिक्किम राज्यका प्रतिनिधिहरूको हातमा सो झण्डा प्रदान गरिएको थियो। अन्तमा महागुरु ख्येनछेन रेम्बोर्छे आचार्य सांग्ये ल्हुडोको प्रवचन पश्चात सम्मेलन समापनको घोषणा पश्चात उपस्थित श्रद्धालुहरूलाई वाङ आशीर्वाद र भोजन वितरण गरिएको थियो। प्रथमपल्ट सेन्ट्रल डुवर्स चियाबारीको हाटखोला फूटबल मैदानमा यो सोजोङ ञ्युङ्ने उपषोधसितै अखिल भारतीय महायाण बौद्ध म्हाणीपा संघको ३०औँ बार्षिक सम्मेलन सम्पन्न गर्न पाउँदा धेरै खुसी साथै गर्व लागेको र सबैको सहयोगितामा हामीले यसलाई सफल पार्न सकेको आयोजक कमिटीको पक्षबाट प्रेम लामा र समित लामाले जनाएका छन्।

अन्ततः संघका महासचिव आचार्य सांग्ये छ्योफेलले यो बार्षिक सम्मेलन साथै सोजोङ ञ्युङ्ने उपषोध एउटा बौद्ध अध्यात्मिक समावेश रहेको र यसबाट मानिसले आत्मिक शान्ति र विश्व शान्तिको पाठ सिक्ने साथै बौद्ध दर्शनबारे धेरै जान्ने मौका पनि पाउने भएकोले नै अध्यात्मिक तौरमा नै चार दिने समावेश सफल भएको जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement