खरसाङ: खरसाङ खण्ड अन्तर्गत सिविटार चियाबारीको तितिरी खेल मैदानमा पुरण राई स्मृति सांगीतिक कार्यक्रम सम्पन्न भएको छ। सिविटार चियाबारीको शिवखोलास्थित फ्रेण्डस् क्लबको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सिविटार क्षेत्रका युवाहरूले २०२२ को अन्तिम दिन सांगीतिक प्रस्तुति दिएका थिए। उक्त कार्यक्रमको शुरुवात स्व पुरण राईको स्मृतिमा मौन धारण गरी थालिएको थियो भने स्व पुरण राईको तस्वीरमा उनको काका हेमन्त राईले धुप दीप प्रज्वलन गरेका थिए भने कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित स्प्रिङ डेल एकाडेमीको प्राचार्य शरणकुमार राईको बाहुलीबाट खदार्पण गरिएको थियो। राजीव तामाङले सञ्चालन गरेको कार्यक्रममा युवाहरूले गीत, नृत्य प्रस्तुत गरेका थिए। यस कार्यक्रममा शिवखोला फ्रेण्डस् क्लबको सांगीतिक टोलीद्वारा सांगीतिक प्रस्तुति दिइएको थियो। उक्त सांगीतिक टोलीमा करण तामाङ, मौसम नेवार, रिवाज छेत्री, अमीर राई, समीर राई आदि थिए। यस स्व पुरण राई स्मृति सांगीतिक कार्यक्रममा प्रवेग छेत्री, साजन लेप्चा, यथेष्ठ लिम्बु, अमन लेप्चा, अमीर राई, आदिप रसाईली, प्रणय लेप्चा, विवेस राई, गौरव तामाङ, विशाख प्रधान लगायत सिपाहीधुराबाट आएका आदित्य राई र सचित तामाङले पनि गीत प्रस्तुत गरेका थिए भने वरिष्ठ नागरिक राजु राई अनि भूतपूर्व सैनिक आनन्द तामाङले पनि गीत प्रस्तुत गरेका थिए।

कार्यक्रममा दिपिका तामाङ, सल्मा राई, प्रकृति छेत्री, एलिन प्रधान र आरोही छेत्रीले पनि नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा असीत राई, कुलबहादुर छेत्री, रतन लोहार, पेम्बा तामाङ, दिलिप प्रधान, जितेन्द्र तामाङ, हेमन्त राई, राजु राई, मैतेसिंह राई लगायत अन्यहरू उपस्थित रहेका थिए। योभन्दा अघि पनि स्व पुरण राई स्मृति सांगीतिक कार्यक्रम गत २०२१ मा पनि शिवखोलामा फ्रेण्डस् क्लबको आयोजनामा सम्पन्न भएको थियो। स्व पुरण राईको निधन सन् २०१५ मा भएको थियो। उनको स्मृतिमा उनको परिवार र फ्रेण्डस् क्लबको आयोजनामा सांगीतिक कार्यक्रम सम्पन्न गरिएको छ।









