गुरू पेमा छोइलिङ गुरुङ गुम्बामा सांस्कृतिक अनि सम्वर्द्धना कार्यक्रम

3ea1de16-cd8f-4da4-84b0-05e7fe096858

वीरपाडा- मदारीहाट खण्ड अन्तर्गत वीरपाडाको न्यू लाइनस्थित गुरू पेमा छोइलिङ गुरुङ गुम्बामा सांस्कृतिक अनि सम्वर्द्धना कार्यक्रम सम्पन्न भयो। गुम्बा स्थापनाको दस वर्षगाँठ पुगेको तथा गुरुङ तामु ल्होसार २२ को उपलक्ष्यमा विभिन्न प्रकारका सांस्कृतिक अनि साङ्गीतिक कार्यक्रम सम्पन्न गरियो। स्व. इन्द्रबहादुर गुरुङ स्मृति मञ्चमा गोरे गुरुङको सञ्चालनमा उक्त गुम्बा परिसरमा विभिन्न सांस्कृतिक तथा गीत- नृत्य कार्यक्रम सँगसँगै गुम्बा निर्माणमा सहयोग पुऱ्याउने समाजसेवीहरूलाई सम्मानस्वरूप अभिनन्दन पत्र प्रदान गरियो। गुरू पेमा छोइलिङ गुरुङ गुम्बाको निर्माण हेतु भूमिदान गर्ने म्यिथेवा श्रीबहादुर गुरुङ, ‘कू’ वा भगवानको मूर्ति प्रदान गर्ने म्यिथेवस्यो सिना सेर्पा, म्यिथेवा भक्त गुरुङ अनि परिवार, म्यिथेवा मिलान गुरुङ, म्यिथेवा किरण गुरुङ, म्यिथेवा टेके गुरुङ, म्यिथेवा  मदन गुरुङ, म्यिथेवा आशोक गुरुङ, म्यिथेवा विजय गुरुङ, म्यिथेवा ओमप्रकाश गुरुङ, म्यिथेवा रिठ्ठे गुरुङ लगायत अन्य विभिन्न प्रकारले सहयोग गर्ने सहयोग दाताहरूलाई कार्यक्रममा अभिनन्दन पत्र प्रदान गरियो। कार्यक्रमका सिक्किमबाट आएका गुरुङ जातिका आचार्य डाक्टर छम्पा मेगी लामाले कार्यक्रम मलाई सम्वोधन गर्दै गुरूङहरूले ल्होसार किन मनाउनुपर्छ भन्ने विषयमा मन्तव्य दिए । तिनले उपस्थित वर्गलाई मीठो मीठो प्रवचन दिए। कार्यक्रममा स्थानीय धर्मगुरू लक्पा गुरुङ लामा, उमेश गुरुङ लामा, दिवस गुरुङ लामा पनि विशेष रूपमा उपस्थित थिए।

उपस्थित अतिथिहरूमा समाजसेवी दुर्गा गुरुङ, सनम गुरुङ, श्रीबहादुर गुरुङ, प्रमिला गुरुङ, ममता गुरुङ,  कैशाल गोले, आशकुमार तामाङ, शेखर थापा, राजान थापा, आइतुलाल तामाङ आदि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement